arrow

मोदीको नेपाल नीति के हुने ?

logo
रामचन्द्र घिमिरे,
प्रकाशित २०७६ जेठ १० शुक्रबार
modi-jeet.jpg

काठमाडौं ।  भारतीय जनता पार्टी (भाजपा) को जीतसँगै नेपाली कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिदै भन्यो “नेपाल र भारत बीच सदियौंदेखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुदै जानुका साथै दुबै पार्टी विचको सम्बन्ध र सहकार्य अझ बलियो हुने विश्वास समेत व्यक्त गरिएको छ ।”

नेपाली कांग्रेस र नेकपाको समान दृष्टिकोण
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट भाजपाका सभापति अमित शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिदै सम्बन्ध सुदृढ  सार्थक हुने विश्वास लिएका छन् ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले पनि बधाई दिदै नेपाल भारत विचको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । यसका साथै भारतमा मोदीको विजयले नेपाल भारत सम्बन्ध अझ राम्रो हुने पनि विश्लेषण गरिएको छ ।

भारतीय सत्ता र मोदीप्रति शंका
भाजपा कठोर पार्टीका रुपमा बुझिन्छ । यसले गर्दा केही विषयमा नेपाल सशंकीत पनि छ । (१) नेपालमा राजनीतिक रुपमा बल्झाउन खोजिएका धर्म र राजाबारे भारत वा मोदी कस्तो दृष्टि राख्छ ? (२) छिमेकी सम्बन्ध र विकास कसरी अघि बढ्ने हो ? नेपाली जनताको मनमा अझ पनि नाकाबन्दीको झल्को छ ।

इतिहास हेर्दा नेपालको संविधानसभामा भारतीय प्रधानमन्त्री मोदीले संवोधन गर्दा संविधानसभा हल तालिले गुञ्जीएको थियो । नेपाली जनतालाई सडकमा झरेर हात मिलाउदै जनअभिनन्दन पनि मोदीले प्राप्त गरेका थिए । नेपाली जनता मोदी जस्तो नेता चाहन्छन् भन्ने पनि व्यापक भएको थियो ।

भाजपालाई आदिवासी, अल्पसंख्यक र गैर हिन्दूप्रति असहिष्णु पार्टी हो भन्ने छ । नेपालमा भएको पछिल्लो आन्दोलनले संबोधन गरेको मूल विषय यिनै हुन् । आन्दोलनको बिरुद्ध रहेका शक्तिहरु यहि विषयमा विवाद बढाउन चाहेका छन् ।

नेपाली कांग्रेसलाई शिक्षा
नेपाली काग्रेस संविधान निर्माण पछिको चुनावमा पराजय भयो । कांग्रेस पार्टीको नेतृत्व र संगठन आपसि द्वन्द्वमा फसेको छ । सरकारको आलोचनाले आउने चुनावमा कांग्रेसलाई राम्रो हुन्छ भन्ने मतको खण्डन भारतको चुनावले गर्‍यो । मोदी सरकारको आलोचना राम्रैसँग भएको थियो । बाहिरी हल्ला मोदी हार्छन् र कांग्रेसले जित्छन् भन्ने थियो । जनादेश त्यसको विल्कुल फरक देखियो ।

अहिले भाजपा पहिलाको भन्दा पनि थप बलियो भएको देखियो । कांग्रेस केही सीमित संख्या बढाउन सकेपनि उसको खासै प्रगति हुन सकेन । कम्युनिष्ट र साना पार्टीहरु समाप्त प्रायः हुने अवस्थामा पुगे । नेपालमा दुई कम्युनिष्ट पार्टीको एकीकरण भएको छ । उसको शक्ति क्षयीकरण भएको खासै देखिएको छैन । सरकारको अस्तव्यस्तताले जनता निराश छन् । तर कांग्रेस प्रति आकर्षित भएका छन् भन्न सकिदैन ।

मोदी सरकारलाई प्रतिपक्षीले भ्रष्टाचार र अनियमिताको आरोप लगाउदै नोटबन्दी, बेरोजगारी, किसान झन्झन् गरिव बन्दै आत्महत्या गर्नुपर्ने परिस्थिति, राफेल विमान संझौताको भ्रष्टाचार, संवैधानिक संस्थाहरुको अबमूल्यन जस्ता मुद्दा उठाइएका थिए । यसले भाजपा र मोदीलाई छुन सकेन । परिणाम अझ बलियो रुपमा आयो ।

भारतले दिएको नेपालका लागि शिक्षा नेतृत्वको हो । नेपाली कांग्रेसमा यसको अभाव देखिएको छ । पुरानो, संघर्ष गरेको नेतृतव हुँदा हुँदै पनि जनतामा विश्वास गुमेको नेतृत्व छ । नयाँ नेतृत्व बन्न सकेको छैन । भारतमा नरेन्द्र मोदीको टक्करमा राहुल गान्धी पुग्न सकेनन् । हाम्रो सन्दर्भमा पनि नयाँ उचाइको नेतृत्व खोज्नु अनिवार्य आवश्यकता भएको छ । कांग्रेस भित्रको एकता र आउदो चुनावका लागि नेतृत्व गर्ने नेता समयमै सार्वजनि गर्न कांग्रेसलाई चुनौती र अबसर दुबै भारतीय चुनावले देखाएको छ ।

नेपालका राजनीतिक दलका विशेषता
नेपालका राजनीतिक दलहरु लामो समय लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको छ । यसका नेताहरु धेरै योग्य नभए पनि आन्दोलनमा पीडा खेपेका र जनताको साथमा कुनैन कुनै रुपमा रहेको अवस्था छ । त्यसैले जनता भन्दा धेरै पर पुग्न यि दलहरु सक्दैनन् । नेपालमा छिट्टै कांग्रेस र नेकपाको विकल्प अरु कुनै मोर्चा आउन सक्छ भन्ने पनि देखिदैन । लोकतन्त्रका लागि लडेका नागरिक अगुवाहरु पनि यिनै दुई दलका पक्ष देखिन्छन् ।

भारतमा भाजको उदयलाई दक्षिणपन्थीको रुपमा हेरिन्छ । नेपालका सन्दर्भमा कांग्रेस वा नेकपा आफुलाई वामपन्थ मान्छन् । दक्षिणपन्थी परिचयमा रहेका राजा र राप्रपाहरु समाप्त भएका छन् । भारतको चुनावको तरङ्ले उनीहरुको मनमा लड्डु फुटेको भए पनि उनीहरुको हैसियत खासै जनतासम्म छैन ।

भारतको बलियो सरकारसँग सामना गर्न अब नेपालमा कांग्रेस नेकपाको एउटै दृष्टि बन्न जरुरी छ । विभिन्न स्वार्थमा भारतको र नेपालको दृष्टि मिल्दैन । त्यस समयमा नेपालको स्वार्थको सम्बन्धमा नेपाली कांग्रेस र नेकपाको एउटै बोलि, व्यवहार हुनुपर्दछ । जसरी कांग्रेस र नेकपा एक भएर संधिधान निर्माण गर्न सके । अब त्यसैगरी अगाडिको यात्रामा सहमति सहकार्य खोज्नु नेपालका राजनीतिक दलका मुख्य विशेषाता हुनुपर्दछ ।

छिमेकी सँगको सम्बन्ध
नेपाल स्वतन्त्र मुलुक हो । यसमा नेपाली जनतालाई गर्व छ । नेपाल, भारत र चीन सुमधुर सम्बन्ध होस् भन्ने चाहना रहदै आएको छ । भारतले नाकाबन्दी लगाएपछि नेपालले चीन संग सन्धी, संझौता गर्‍यो । नेपालको भूपरिवेश्ठीत सीमानाले दुबै देशसँग समानताको व्यवहार राख्न चाहन्छ ।

भारतको कारणले नै नेपालले धेरै पर भएको चीनलाई गुहार्नु परेको थियो । केही संख्यामा ट्रक ट्याङकरको फोटो खिचाएर विकल्पको रुपमा पनि हेरियो । हाम्रो भूबनोटको विकटताले नेपालले यसलाई यर्थाथमा उतार्न सक्दैन । त्यसैगरी चीन नेपाल भारतको रेलको लिक पनि भारतको सहमति विना असम्भव प्रायः छ । यो कुरा नेपालले राम्रोसँग बुझेको छ । त्यसैले नेपाल राम्रो सम्बन्ध राख्न चाहन्छ ।

नेपाल र भारत लोकतान्त्रिक मुलुक हुन् । शासन पद्धति र संचालनमा समानता रहेको छ । लोकतन्त्र प्राप्तिको लामो समयसम्म पनि भारत आन्तरिक र बाह्य द्वन्द्वले चाहेजति प्रगति गर्न सकेन । पछिल्लो समय द्रुतगतिमा प्रगति गरेको छ । अर्को छिमेकी मुलुक चीनमा लोकतन्त्र छेन । विकासको चुली चुम्ने तरखरमा चीन छ । भारत र चीनको विकासले नेपालको विकासका लागि सहायक हुनुपर्छ भन्ने नेपालीहरुको चाहना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ