arrow

बलिउड कलाकार : जसको तोडियो सांसद हुने सपना

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
bollywood2.jpg

काठमाडौं ।  बलिउडका केही चर्चित कलाकारहरुले भारतको निर्वाचनमा पराजत भोगेका छन् ।  भारतको तल्लो सदन लोकसभा निर्वाचनमा बलिउडका चर्चित अभिनेता राज बब्बरको पराजय भएको छ ।  लामो समयदेखि राजनीतिमा सक्रिय उनी कांग्रेसका उत्तर प्रदेश अध्यक्षसमेत हुन् । आगराको फतेहपुर सिक्री क्षेत्रबाट उम्मेदवार भएका उनी भारतीय जनता पार्टीका उम्मेदवार राजकुमार चहरसँग ४ लाख ९५ हजार ६५ मतले पराजित भए ।

यसैगरी कांग्रेस पार्टीको तर्फबाट उम्मेदवारी पाएकी बलिउडका चर्चित नायिका उर्मिला मातोंडकर हालै राजनीतिमा प्रवेश गरेकी थिइन् । उनी कांग्रेस पार्टीबाट नर्थ मुम्बई क्षेत्रमा उम्मेदवार बनेकी थिइन् । उनी पनि नराम्ररी पराजित भइन् । उनलाई भारतीय जनता पार्टीका गोपाल शेट्टीले ४ लाख ६५ हजार २४७ मतले पराजित गरे ।

अभिनेत्री जयाप्रदा हालै भारतीय जनता पार्टीमा प्रवेश गरेकी थिइन् । यसअघि समाजवादी पार्टीमा रहेर राजनीति गर्दै आएकी उनी भारतीय जनता पार्टीबाट रामपुर क्षेत्रमा उम्मेदवार बनेकी थिइन् । उनी समाजवादी पार्टीका नेता आजम खानसँग एक लाख ९ हजार ९९७ मतले पराजित भइन् ।

बंगाली अभिनेत्री मुनमुन सेन आसनसोल निर्वाचन क्षेत्रमा चर्चित गायक बाबुल सुप्रियोसँग पराजित भएकी छन् ।  त्रिणमुल कांग्रेसबाट उम्मेदवार भएकी मुनमुन भारतीय जनता पार्टीका उम्मेदवार सुप्रियोसँग करिब दुई लाख मतले पराजित भएकी हुन् ।

भारतीय जनता पार्टीमा लामो समय राजनीतिक जीवन बिताएर हालै कांग्रेसमा प्रवेश गरेका अभिनेता शत्रुघन सिन्हाका लागि दल परिवर्तनले पराजयतर्फ लग्यो  । उनले पटना साहिब निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टीका उम्मेदवार रविशंकर प्रसादसँग दुई लाख ८४ हजार मतले पराजय हुनु परेको छ । अभिनेता शत्रुघन सिन्हा भारतीय जनता पार्टीको उम्मेदवार भई सन् २००९ र २०१४ मा विजय हुनु भएको थियो ।

दक्षिण भारतीय फिल्म उद्योग तथा बलिउडका चर्चित अभिनेता प्रकाश राज बेंगलुरु सेन्ट्रल क्षेत्रबाट निर्दलीय उम्मेदवार बनेका थिए । उनी भाजपाका पीसी मोहनसँग ५ लाख ७३ हजारभन्दा बढी मतले पराजित भएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ