arrow

एक महिनापनि नटिक्ने कालोपत्रे गर्न नगरपालिकाको मौन स्वीकृति, स्थानीयद्वारा अवरोध

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
tikapur-sadak.jpg

टीकापुर । टीकापुर नगरपालिकाले बाछमारामा बाटो निर्माणको लागि ठेक्का दिएको ठेकेदार कम्पनीले बर्खालागेपछि गरेको गुणस्तरहीन बाटो निर्माणको विरुद्धमा स्थानीयहरुले विरोध गरेका छन् । बाछमारा स्थित अस्नेहरी चोकदेखि बाछमारा उदुइवापुर हुँदै जनप्रकाश आधारभूत विद्यालयसम्मको बाटो कालोपत्रे निर्माणको लागि दिएको काममा गुणस्तर पूरा नगरी झारा तिर्ने काम गरेको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् । 

वडा नं ४ मा पर्ने सो सडक निर्माणको लागि गत चैत २८ गते कार्यादेश दिएको थियो । जस अनुसार दिलिप बहादुर रावलको राजन निर्माण सेवा टीकापुरलाई सो सडक निर्माणको जिम्मा दिईएको थियो । तर, सो सडक निर्माणको क्रममा माटो रोडमा फिलिङ गर्दा १५० मिलिमिटर थिकको लेयर बनाएर पानी हाल्दै रोलिङ गर्नुपर्नेमा त्यसो नगरेर एकै पटक करिब २ मिटर अग्लो लेयरमा माटो हालेर काम गरेको लगायतका गुणस्तर पूरा नगरी विभिन्न कामहरु गरिएको भन्दै स्थानीयले विरोध गरेका हुन् । 

यसरी स्थानीयले पटक पटक विरोध गर्दा र यसलाई सच्याउनको लागि आग्रह गर्दा पनि नगरपालिकाका इन्जिनियरहरु र जनप्रतिनिधिहरुले समेत वास्ता नगरेको गुनासो उनीहरुले गरेका छन् । गुणस्तरहीन काम भईरहेको भनेर स्थानीय इन्जिनियरहरु सहित विभिन्न सरोकारवालाहरुले गुनासो दर्ता गराउँदा पनि नगरपालिकाले अनुगमनसम्म नगरेकोे आरोप स्थानीयको छ ।

स्थानीयले पटक पटक यस बारेमा गुनासो गर्दा पनि नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावलले यसबारेमा कुनैपनि चासो दिएका छैनन् । नगरपालिकाले कुनैपनि प्रतिक्रिया नदिँदा निर्माण कम्पनीले भने एक महिना पनि नटिक्ने गरी कालोपत्रेको काम गर्न लागेपछि स्थानीयहरुले नै यो काममा अवरोध सिर्जना गराएका छन् । खुल्लमखुल्ला मापदण्ड र सम्झौतामा भएको व्यहारोको समेत विपरित हुने काम गरिरहँदा नगरपालिका आफैंले रोक्नुपर्नेमा स्थानीयले विरोध गर्दा समेत मेयरले यसमा वास्ता नगर्नुले ठेकेदारले नगरपालिकासँगको मिलेमतोमा कमसल काम गरेको हुनसक्ने आरोप स्थानीयले लगाएका छन् । 

स्थानीयबासी एवं इन्जिनियर बालकृष्ण घिमिरेले सडक निर्माणको काम नगरपालिकासँग भएको सम्झौता अनुसार नभएको दाबी गरे । उनले १५० एमएम फिलिङ गर्दा लेयरमाथि लेयर मिलाएर पानी हाल्दै रोलिङ गर्नुपर्नेमा एकै पटक माटो हालेर पीच गर्दा यो यो एक महिना पनि टिक्न नसक्ने दाबी गरेका छन् । 

नगरपालिकाको सम्पत्ति स्थानीयको सम्पत्ति रहेको भन्दै नगरपालिकाको लापरबाहीका कारण कालोपत्रे गरेको केही सातामा कालोपत्रे नउप्कियोस् भन्नको लागि दबाब सिर्जना गराएको भएपनि अध्यक्ष एवं त्यहाँका इन्जिनियरहरुले यो ठेक्का विरुद्धको गुनासोमा पूरै बेवास्था गरेको आरो घिमिरेले लगाएका छन् । सो सम्बन्धि हेर्ने नगरपालिकाका इन्जिनियर नवराज जोशी र मेयर तपेन्द्र बहादुर रावलसँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन । 

नगरपालिकाले यही जेठ मसान्तसम्म कालोपत्रे सडक निर्माण कार्य सम्पन्न गर्ने गरी सो कम्पनीलाई कार्यादेश दिईएको थियो । 

Image may contain: outdoor and nature

Image may contain: sky, outdoor and nature

Image may contain: sky, tree, outdoor and nature

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ