arrow

केपी ओलीको आदर्श नक्सलबाडी सहित पूरै भारतमा कम्युनिष्ट बढारिए

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७६ जेठ १० शुक्रबार
CPI-news.jpg

काठमाडौं । नेपालमा झापा आन्दोलनलाई प्रत्यक्ष रुपमा सहयोग गर्ने भारतको पश्चिम बंगालका सहित भारतका सबै कम्युनिष्टहरु १७ औं लोकसभा चुनावसम्म आईपुग्दा पत्तासाफ भएका छन् । कूल ११८ सिटमा चुनाव उठेका भारतीय दुई कम्युनिष्ट पार्टीका उम्मेदवारहरु ५ सिटमा मात्रै विजयी भए । कुनैबेला भारतसँगै नेपालमा समेत कम्युनिष्ट आन्दोलन चर्काउने हिम्मत राख्ने भारतीय कम्युनिष्ट पार्टीहरु अहिले भारतबाटै पलायन उन्मूख बनेका छन् । 

अझ रोचक कुरा के छ भने भारतको पश्चिम बंगालमा झण्डै ३३ वर्ष अविछिन्न शासन गरेका कम्युनिष्टहरु पश्चिम बंगालमा यो चुनावसम्म आईपुग्दा एक सिट पनि नजित्ने र कतिपय ठाउँमा त जमानत जफत हुनेगरी न्यूनतम मत ल्याउन बाध्य भएका छन् । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) र भारतीय कम्युनिष्ट पार्टीले क्रमशः ६९ सिट र ४९ सिटमा आफ्ना उम्मेदवारी दिएका थिए । जस मध्ये माक्र्सवादीले ३ सिट र भाकपाले जम्मा २ सिटमा मात्रै चुनाव जित्न सफल भयो । 

गत महिना हाम्राकुराले गरेको स्थलगत अध्ययनको क्रममा पश्चिम बंगालका विभिन्न ग्रामीण भेगमा स्थानीयहरुले कम्युनिष्ट सत्ताप्रति निकै असन्तुष्टि व्यक्त गरेका थिए । कूल ३३ वर्षसम्म शासन गर्दा पनि बंगाल र बंगालबासीको जनजीवन सुधार्न नसकेको भन्दै कम्युनिष्ट पार्टीप्रति उनीहरुको असन्तुष्टि थियो । त्यहाँ विशेषगरी ४ पार्टीहरु अस्तित्वमा रहेकोमा सबैभन्दा कमजोर भाकपा रहेको छ भने भारतीय राष्ट्रिय काँग्रेस दोस्रो स्थानमा रहेको छ । भारतीय जनता पार्टी (भाजपा)दोस्रो स्थानमा बलियो पार्टी बनेको छ भने तृणमूल काँग्रेस पहिलो बनेको छ । कम्युनिष्ट पार्टी अफ इण्डियाको तर्फबाट चुनाव उठेका चर्चित युवा नेता कनैया कुमारले समेत प्रतिस्पर्धीसँग ४ लाख मतले चुनाव हारेपछि भारतमा अब विस्तारै कम्युनिष्टको अस्तित्व सकिन लागेको विश्लेषण हुन थालेको छ । पार्टीको जनमत कम भएसँगै अहिले पश्चिम बंगालमा कम्युनिष्ट आन्दोलन पनि मत्थर भएको छ । 

भारतीय कम्युनिष्ट र नेपाली कम्युनिष्ट आन्दोलनको तुलना
पश्चिम बंगालको दार्जेलिङ जिल्लामा पर्ने नक्सलवाडी भन्ने ठाउँमा सुरु भएको कम्युनिष्ट आन्दोलनकै प्रभावले अहिले नेपालमा दुई तिहाईको कम्युनिष्ट सरकार गठन भएर चलिरहेको छ । तर, कम्युनिष्ट आन्दोलनको उद्गम भूमिमा नै कम्युनिष्टहरुको खडेरी देखिएको छ । अर्थात् अहिलेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आदर्श नै नक्सलबाडी आन्दोलन थियो । यसैको सहयोगमा भएको झापा आन्दोलनबाट नै ओली चर्चामा आएका हुन् ।  

भारतको पश्चिम बंगालमा रहेको नक्सलवाडी आन्दोलनको उद्गम भूमि पश्चिम बंगालको नक्सलवाडी भन्ने ठाउँबाट भएको हो । लोकसभा चुनावमा सन् १९७१ देखि अहिलेसम्म ६ वटा संसदीय निर्वाचनमा भारतीय कम्युनिष्ट पार्टीले चुनाव जितेको छ । तर, पछिल्लो पटकको तीनवटा निर्वाचन भारतीय काँग्रेस र भाजपाले जितेको छ भने पछिल्लो पश्चिम बंगालको दुईवटा विधानसभा चुनावमा समेत तृणमूल काँग्रेसले चुनाव जितेको छ । भारतमा नक्सलवाडी आन्दोलन गर्ने दल र पश्चिम बंगालको सत्ता सम्हालेको दलबीच केही भिन्नता भने रहेको छ । नक्सलवादी आन्दोलन गराउने दल भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का नेता चारु मजुमदारको नेतृत्वमा गठन भएको कम्युनिष्ट पार्टीले गरेको हो । 

बंगालको कम्युनिष्ट आन्दोलन र नेपालको झापा आन्दोलनबीच एउटा विशिष्ट प्रकारको सम्बन्ध रहेको छ । दुबै कम्युनिष्ट पृष्ठभूमिका आन्दोलनहरुले आ आफ्नै किसिमको उच्चतम स्थान हाँसिल गरिसकेका छन् । नक्सलवाडी आन्दोलनपछि चर्चित भएका भारतीय कम्युनिष्टहरुले पार्टीगत रुपमा केही भिन्न भएपनि भारतको पश्चिम बंगालमा साढे ३ दशक एकलौटी शासन चलाइसकेको इतिहास छ । तर, अहिले त्यो स्थिति पश्चिम बंगालमा देखिँदैन । तर, सोहीबेलाको कम्युनिष्ट आन्दोलनका सहयात्री नेपाली कम्युनिष्टले भने नेपालमा दुई तिहाईको सरकार बनाएको छ ।

झापा सशस्त्र संघर्षको थालनी २०२८ जेठ २ गतेदेखि भएको थियो । सो दिन जमिनदारहरुमाथि आक्रमण गरेर झापा आन्दोलनको औपचारिक सुरुवात गरिएको थियो । नेपालमा झापा विद्रोहलाई सहयोग गर्न भाकपा (माले) बाट भोगेन राजवंशी र राजेन राजवंशी नामका दुई कमाण्डरहरु नेपाल आएका थिए । उनीहरुलाई पनि पछि पञ्चायती शासकले जेल हालेको नेकपा मालेका महासिचव सीपी मैनालीले बताए । 

भारतमा नक्सलवाडी आन्दोलनको सुरुवात सन् १९६७ मा सुरु भएको थियो भने नेपालको झापा आन्दोलन २०२७ मा सुरु भएको थियो । यो वर्षको हिसावले ३ वर्ष अघिपछि हो । बंगालमा चिनियाँ जनक्रान्तिबाट प्रभावित भएर नक्सलवाडी आन्दोलन सुरु भएको थियो भने नेपालमा नक्सलवाडी आन्दोलनको प्रभाव थियो । 
सोभियत संघको रसियनमा कम्युनिष्ट पार्टी सन् १९५६ मा खुरस्चेभको नेतृत्व आएपछि विश्वको कम्युनिष्टपार्टी दुई धु्रवमा बाँडियो । चिनियाँ जनक्रान्तिका नायक माओत्सेतुङले खुरस्चेभको नेतृत्वलाई संशोधनवादी भन्दै आलोचना गर्न लागे । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन २ भागमा विभाजित भएपछि १९६४ मा भारतीय कम्युनिष्ट पार्टी पनि दुई ध्रुवमा विभाजित भयो । 

सोही कम्युनिष्ट पार्टीको विभाजन पछि पुरानो कम्युनिष्ट पार्टीप्रति असन्तुष्टि व्यक्त गर्दै नक्सलवाडी आन्दोलनका नेतृत्वकर्ता चारु मजुमदार सुरु गरेका थिए भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी) पार्टी । उनैले सन् १९६७ सालमा बंगालको नक्सलवाडी, खोरीबारी, खासीदुवा प्रहरी थानामा आक्रमण गरी सशस्त्र विद्रोहको घोषणा गरेका थिए 



नयाँ