arrow

'बयलगाडा चढेर अमेरिका पुगिदैन भन्ने ओलीको जन-आन्दोलनमा कुनै भुमिका छैन'

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ जेठ १० शुक्रबार
guru-ghimire.jpg

बेलौरी ।  संघीय लोकतान्त्रिक ब्यबस्थाका निमित्त गरिएको राजा बिरोधी संघर्षको खिल्ली उडाउने केपी ओलीको जन आन्दोलनमा कुनै भुमिका नभएको नेपाली कांग्रेसले चलाएको जनजागरण अभियान अन्तर्गत बेलौरीमा आयोजित अन्तर्क्रियामा शुक्रवार  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताएका छन् ।

पार्टीको सुदृढीकरणका लागि कार्यकर्ता र जनतासँग अन्तर्क्रिया गर्न नेपाली कांग्रेसले चलाएको जनजागरण कार्यक्रमको अबसरमा बेलौरीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता घिमिरेले भने, " लोकतन्त्र नचाहने राजा विरुद्ध कांग्रेसले आन्दोलन गर्दै संघीय लोकतान्त्रिक ब्यबस्था र लोकतन्त्रको पुनर्वहालीको मागको खिल्ली उडाउदै आन्दोलन भनेको बयलगाडा चढेर अमेरिका पुग्ने सपना हो भन्दै आएका केपी ओलीको संघीय लोकतन्त्र स्थापनामा कुनै भुमिका रहेको छैन । "

शुक्रवार बेलौरीमा आयोजित नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता घिमिरेले भने " जनतालाई भ्रममा राखेर केपी ओलीले राज गर्दैछन हिजो जनआन्दोलनको खिल्ली उडाएका ओली अहिले प्रधानमन्त्री छन् । राष्ट्रवादको मुखुण्डो लगाएर जनतालाई भ्रममा पारेका छन यहि मुखुण्डो उतार्न कांग्रेसले जागरण अभियान सञ्चालन गरेको हो ।

नेता घिमिरेले भने, " सिद्धान्त एकातिर कम्युनिस्ट अर्कोतिर दौडिरहेका छन् । उनले भने नेपाली कांग्रेस जात, भुगोल र समुदाय हेरेर राजनीति गर्दैन ।  राजनीति भनेको नारा होइन व्यवहार हो तर कम्युनिस्टको नारा एउटा व्यवहार अर्कै छ।"

बेलौरीको खुलामञ्चमा क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा, सचिव दिवाकर पाण्डेय, ट्रेड युनियन कांग्रेसका सिद्धराज भट्ट, क्षेत्रीय सचीव विश्राम राना लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ