arrow

महाभारतका अर्जुनको यी गुणलाई अपनाउने व्यक्ति बन्नसक्छन् राम्रो नेता

logo
जीवन दर्शन,
प्रकाशित २०७६ जेठ १० शुक्रबार
mahabharat4.jpg

काठमाडौं । महाभारतको उद्योग पर्वमा उल्लेख भए अनुसार श्रीकृष्णलाई अर्जुनको केही कुरा निकै राम्रो लाग्थ्यो । जसको कारण अर्जुनले सधैं जित हासिल गर्ने गरेका थिए । असल नेता बन्न सक्ने यस किसिमको स्वभावबाट कुनै पनि मानिसले हरेक काममा सफलता हासिल गर्न सक्छन् ।

महाभारतको श्लोक –
बलं वीर्यं च तेजश्च शीघ्रता लघुहस्तता।
अविषादश्च धैर्यं च पार्थान्नान्यत्र विद्यते।।

१. हातको स्फूर्ति
अर्जुन बराबरका श्रेष्ठ धनुर्धर कुनै पनि थिएनन् । उनको बराबरको बाण चलाउने कोही पनि थिएनन् । यसै प्रकारले कुनै पनि कामलाई सही समयमा नै पूरा गर्ने प्रयास गर्नुपर्छ।

२. बल
महाभारतको पूरा कथामा धेरै कहानी यस्ता छन्, जसले अर्जुनको बल र बुद्धी दुवैलाई बुझाउँछ । अर्जुनमा शारीरिक बलका साथै मानसिक शक्ति पनि थियो । जसको कारण उनी चतुर नीतिको माध्यमबाट दुश्मनमाथि पनि जीत्हासिल गर्थे । यसै किसिमले हामीहरुले बुद्धी अनि योजना बनाएर काम गर्नु जरुरी छ । यसबाट निश्चितरुपमा सफलता हासिल गर्न सकिन्छ ।

३. शीघ्रता
भनिन्छ कि कुनै काम गर्नका लागि सही समय हुन्छ । यदि हामी कुनै पनि निर्णय सही समयमा लिन सक्दैनौं भने त्यसको कुनै मतलब हुँदैन । अर्जुन यो कुरा राम्रोसँग बुझ्थे । श्रीकृष्ण आफ्नो योजना पाण्डवलाई बताउँथे। तर, सबैभन्दा त्यसलाई अर्जुनले पूरा गर्थे ।

४. विषादहीनता
श्रीकृष्णले स्वयं गीता उपदेशमा अर्जुनलाई मोह–माया छाडेर आफ्नो कर्मको महत्वको कुरा सिकाएका थिए । त्यसपछि उनीमा विषादहीनता वा कुनै पनि कुराले दुखी नहुने गुण आएको थियो । त्यसपछिको कुनै पनि परिस्थितिमा उनी विचलित भएनन् ।

५. धैर्य
कृष्णका अनुसार जुन मनुष्यमा धैर्य हुन्छ, त्यो मानिस आफैं महान बन्छ । अर्जुन बुद्धिमान्, शक्तिशाली हुनुका साथै धैर्यवान पनि थिए । उनी कुनै पनि काम हतारमा गर्दैनथे ।

६. पराक्रम
पराक्रम अर्थात् कुनै पनि काम गर्नसक्ने क्षमता । महाभारतमा केवल अर्जुन पनि यस्तै स्वभावका थिए । मानिसलाई कुनै पनि काम सहजै पूरा गर्नका लागि पराक्रमी  हुनुपर्ने जरुरी हुन्छ ।

७. तेज
बुद्धी र पराक्रमका साथै अर्जुनको व्यक्तित्व पनि प्रभावशाली थियो । यसको मुख्य कारण नियम र संयममा बस्नु थियो । जसको कारण उनको व्यक्तित्व पनि प्रभावशाली बनेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ