arrow

मुस्लिम सांस्कृतिक पर्वमा बिदा दिन माग

logo
प्रकाशित २०७६ जेठ ११ शनिबार
muslims.gif

काठमाडौं । मुस्लिम आयोगले मुस्लिम सांस्कृतिक पर्वमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । आयोगको एक टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरी मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक र सांस्कृति पर्वहरु ईदुलफित्र (ईद), ईदुलअज्हा (बकर ईद) र मोहम्मद जयन्ती (मोहम्मद दिवस) मा राष्ट्रिय सार्वजनिक बिदाको व्यवस्था गर्न अनुरोध गरेको हो । 

ध्यानाकर्षण पत्रमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन आयोगको विसं २०७५ चैत ११ गतेको निणर्यअनुसार गृह मन्त्रालयमा अनुरोध गरी पठाएकामा हालसम्म कुनै निर्णय अगाडि नबढेकाले प्रधानमन्त्रीबाट नै आवश्यक पहल गरी दिन अनुरोध गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले मुस्लिम सांस्कृतिक पर्वहरुमा सार्वजनिक बिदा दिने बारे आगामी मन्त्रिपरिषद्को बैठकमा छलफल गरी निर्णय गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता एवं बहुधार्मिक र बहुसांस्कृतिक विधेषतामूलक देशका रुपमा स्थापित गरिसकेको सन्दर्भमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने बताए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ