जिपले ३० वर्षीय विनोदलाई मार्यो 

प्रकाशित मिति : २०७६ जेठ १२ आइतबार

तौलिहवा । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुलगाउँमा जिपको ठक्करबाट आइतबार बिहान एक युवकको मृत्यु भएको छ ।     
     
लु१ज ४१७५ नंको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेवी गाउँपालिका–८ बरकुलका ३० वर्षीय विनोद चमारको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए । 

जिप चालक भने फरार भएको प्रहरीले जनाएको छ । 

नयाँ