arrow

चीनले हुवावेईको बदला लिए एप्पलको व्यापार के हुन्छ ? 

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ १२ आइतबार
apple2.jpg

काठमाडौं । केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेईमाथि प्रतिबन्धको निर्णय गरेका थिए । यो चीनको लागि खराब समाचार रहन पुग्यो । यससँगै विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माताको आम्दानीमा धक्का लागेको थियो । 

तर, चीन पनि यो योजनालाई रोक्ने गरी बदलामा अर्को योजना ल्याउनसक्छ । यदि चीनले यस्तो निर्णय गरेको खण्डमा अमेरिकी प्रविधि कम्पनी एप्पल सबैभन्दा प्रभावित हुनेछ । 

गोल्डम्यान स्याख्सका विश्लेषकले गरेको अनुमानअनुसार यदि चीनले एप्पलमाथि प्रतिबन्ध लगाएको खण्डमा भने एप्पलको नाफा २९ प्रतिशतको नोक्सानी हुन सक्छ । एप्पलको १७ प्रतिशत व्यापार चीनमा हुने गरेको छ । 

यस्तोमा उसको व्यापार आगामी दिनमा थप प्रभावित हुनसक्ने देखिएको छ । अहिलेसम्म चीनले एप्पलमाथि प्रतिन्ध लगाएको छैन तर आगामी दिनमा चीनले अमेरिकाले हुवावेईमाथि गरेको जस्तो निर्णय एप्पलमाथि पनि गर्न सक्छ । 

२९ प्रतिशतको संख्या केवल नाफामा मात्र कमी आउने आँकलन मात्र होइन । एप्पलको चीनको व्यापार रोकिनसक्छ । एप्पलका उत्पादन चीनमा निर्माण हुने गरेका छन् । 

यदि चीनले एप्पलको उत्पादनमा रोक लगाएको खण्डमा यसले थप कठिन अवस्था नम्त्याउन सक्छ । यसले चीनको प्रविधिको प्रणालीका साथै स्थानीय रोजागारीमा पनि असर पार्नसक्छ । यसको लागि एप्पलले पनि अहिले चीनको उत्पादन अन्य मुलुकमा सार्नेबारे तयारी भइरहेको बताएको छ । तर, यो काम भनेजस्तो सजिलो भने पक्कै पनि छैन ।

वशेषगरी अमेरिका–चीन व्यापारयुद्धको मार दुवै मुलुकका उपभोक्तालाई पर्न सक्छ । उनीहरुका लागि दुई मुलुकको बीचमा देखिएको व्यापारिक तनाव सुल्झाउनका लागि प्रार्थना गर्नुको विकल्प छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ