arrow

तिलिचो ताल जाने बाटो

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
tilicho-way.jpg

मनाङ । विश्वको सर्वोच्च स्थानमा रहेको  मनाङको तिलिचो ताल  जाने बाटो । यहाँबाट तालको आधार शिविर पुग्न करीव दुई घण्टाको समय लाग्छ ।

तिलिचो पुग्नको लागि काठमाडौँबाट लमजुङको बेसीशहरसम्म बस, पर्यटक बस, माइक्रोबाट जाने र त्यहाँबाट जिपमा माथिल्लो मनाङ पुगिन्छ । खाङ्सारबाट घडेटो बाटो भएकाले घोडा वा पैदलयात्रा गर्नुपर्ने हुन्छ । माथिल्लो मनाङबाट तिलिचो आधार शिविरसम्म पैदल जानुपर्छ ।

तिलिचो ताल धार्मिक रूपले पनि निकै महत्व मानिन्छ । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती छ । हिन्दू धर्मावलम्बी तीर्थ व्रतका लागि पनि आउने गर्दछन् । दसैँ, तिहारको बीचमा तिलिचो घुम्न दैनिक तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुगीरहेको स्थानीयले बताउछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ