arrow

२१ वर्षअघि नै सैफले छाडेका थिए सलमान खानको हात

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
saif-salman.jpeg

काठमाडौं । बलिउड अभिनेता सलमान खान अहिले उनको आगामी चलचित्र भारतलाई लिएर चर्चामा छन् । यस्तोमा सैफ अली खान छिटै नै नेटफ्लिक्सको सिरिज सेक्रेड गेम्समा आउँदैछन् ।

यी दुई भारतीय अभिनेताको मित्रता फिल्म हम साथ–साथ हैको क्रममा देखिएको थियो । तर, बीचमा नै सलमानलाई एक्लै छाडेर सैफ होटलबाट फर्किएका थिए ।

करीब २१ वर्षअघि उक्त फिल्मको शुटिङ चलिरहेको थियो । फिल्ममा सलमानका साथै सैफ अली खान, तब्बू, सोनाली बेन्द्रे र नीलम पनि थिए । यसै क्रममा सलमानमाथि कालो हरिणको शिकार गरेको आरोप लागेको थियो ।
 
इन्डिया टुडेका अनुसार हरिणको शिकारपछि सबै कलाकार आफ्नो होटल फिर्ता आएका थिए । अनुसन्धानको क्रममा प्रहरी होटल पुगेको थियो र पाँचै आरोपीलाई पक्राउ गरेको थियो । पक्राउपछि उनीहरुमाथि सोधपुछ पनि गरिएको थियो ।

प्रतिवेदनअनुसार जमानत पाएसँगै सैफ अली खान सलमानलाई छाडेर मुम्बई आएका थिए । यतिमात्र होइन उनले होटलको १५ लाख ५० हजार भारुको बिल पनि तिरेका थिएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ