arrow

विश्वकप टि–२० मा अष्ट्रेलियाले खोल्यो खाता, बंगलादेश स्तब्ध

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
Australia-T--20.jpg.jpeg
एजेन्सी । बंगलादेशलाई हराउँदै अष्ट्रेलियाले भारतमा जारी विश्वकप टि–२० क्रिकेटमा पहिलो जित हासिल गरेको छ । बैङ्गलोरमा सोमबार अष्ट्रेलियाले बंगलादेशविरुद्ध ३ विकेटको जित हासिल गरेको हो ।  बंगलादेशले दिएको १ सय ५७ चुनौती अष्ट्रेलियाले १८ ओभर ३ बलमै ७ विकेट गुमाएर पुरा गर्यो ।
 
अष्ट्रेलियाका लागि ओपनर उस्मान खवाजाले बनाएको ५८ रन जितका लागि महत्वपूर्ण ठहरियो । ग्लेन म्याक्सवेलले २६ रनको योगदान गरे । बलिङतर्फ शकिव अल हसन एक्लैले ३ विकेट लिएपनि हार टरेन । जितसँगै अष्ट्रेलियाले विश्वकप टि–२० क्रिकेटमा समूहको अंक तालिकामा खाता खोलेको छ ।
 
यसअघि, पहिले व्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन मात्रै बनाउन सक्यो । बंगलादेशका लागि महमूद अल्लाहले अविजित ४९ रन बनाए ।
 
अलराउण्ड प्रदर्शन गर्ने क्रममा शकिव अल हसनले ३३ रनको योगदान गरे । विश्वकप क्रिकेट अन्तर्गत सुपर टेनको ग्रुप टूको अर्को खेलमा मंगलबार पाकिस्तान र न्यूजिल्याण्ड आमने सामने हुँदैछन् । लगातार दुई खेल जितेको न्यूजिल्याण्ड उत्कृष्ट लयमा रहँदा एक खेल जितेको र एक खेल हारेको पाकिस्तान खेलपूर्व दबाबमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ