arrow

रहेनन अजयका बुवा वीरू देवगन

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
biru.jpg

काठमाडौं ।  अजय देवगनका बुवा तथा चर्चित  एक्शन डायरेक्टर वीरू देवगनको निधन भएको छ । वीरू देवगनको  ८५ बर्षको उमेरमा निधन भएको हो ।

पिछिल्लो समय बिमारी रहेका वीरू सान्ताक्रूजको सूर्या हस्पिटलमा भर्ना गरिएको थियो । उनको सोमवार बिहान हृदयघातबाट मृत्यु भएको छ ।

उनको अन्तिम संस्कार आजै ६ बजे विले पार्ले स्थित श्मशान भूमिमा गरिने भएको छ । वीरू बलिउडका सबै भन्दा पुराना एक्शन डायरेक्टर र स्टन्टम्यान माध्ये एक हुन् ।

वीरू देवगनले सत्ते पे सत्ता, स्वर्ग से सुन्दर, दस नम्बरी, मिस्टर नटवरलाल, क्रान्ति, राम तेरी गंगा मैली, आखिरी रास्ता, मिस्टर इन्डिया, फूल और कांटे, इश्क जस्ता ८० भन्दा ज्यादा चलचित्रमा एक्शन कोरियोग्राफरको रूपमा आफ्नो योग्दान दिएका थिए । सन् १९९९ बनेको ‘हिन्दूस्तानकी कसम’ बाट उनले निर्देशनमा डेब्यू गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ