arrow

जसको जन्मिँदा नै थिएन हात, खुट्टाले नै चालाउँछिन् विमान

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
jessicacox1.jpg

काठमाडौं । अमेरिकाकी जेसिका कोक्सका जन्मिँदा हात थिएनन् । तर, उनी सामान्य मानिसलाई पनि गाह्रो हुने काम सहजै गर्ने गर्छिन् । सबैभन्दा महत्वपूर्ण कुरा उनी पाइलट हुन् ।

उनले बालककालदेखि नै कृत्रिम हातको सहारामा चल्ने गर्थिन् । तर, उनले त्यसलाई कहिल्यै पनि कमजोरी मानिन् । साथै आफ्ना खुट्टाको सहाराले नै सबै काम गर्न थालिन् ।

जेसिका जन्मिँदा उनका आमाबाबु पनि दुःखी बनेका थिए । तर, ठूलो भएपछि उनले कहिले पनि हात नभएको अभाव महशुस हुन दिइनन् । जेसिका पनि आफ्नो सफलताको श्रेय आफ्ना बाबुआमालाई दिने गरेकी छिन् ।

उनको लागि ठूलो भएपछि पनि बाटो त्यति सजिलो भने थिएन । त्यसका लागि उनले विभिन्न समयमा कठिन परीक्षाको सामना गर्नुपरेको थिए ।

उनले कजेलमा पढ्दा मिहिनेत गरेर नृत्य, पौडी र मोडलिङ पनि सिकेकी थिइन् । अहिले उनले प्रेरणादायी वक्ताको रुपमा २० भन्दा बढी मुलुकको भ्रमण गरिसकेकी छिन् ।

जेसिकाका अनुसार उनलाई प्लेन उडाउने हिम्मत एक पाइलटबाट मिलेको थियो । सन् २००५ मा युनिभर्सिटी अफ एरिजोनाबाट ग्र्याजुएशनपछि पाइलटको तालिम शुरु गरेका थिए । तर, यो त्यति सहज भने थिएन ।

उनलाई प्रशिक्षण दिनेले पनि निकै कठिनाइको सामना गरेका थिए । सन् २००८ मा अन्ततः उनी एक पाइलटकोे रुपमा तयार भएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ