arrow

४५ बर्षअघि यो सीन गर्दा डराए अमिताभ, वीरू देवगन रातारात बनेका थिए स्टार

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
viru-amitab.jpg

काठमाडौं । बलिउडका दिग्गज द्वन्द निर्देशक वीरू देवगनको निधनसँगै बलिउडमा शोक छाएको छ । वीरू देवगनले भारतीय चलचित्र जगतमा ठुलो योगदान दिएका छन् ।  उनले ८० भन्दा ज्यादा चलचित्रमा एक्शन सीन डायरेक्ट गरेका थिए ।

वीरू देवगनको पहिलो द्वन्द निर्देशनमा बनेको चलचित्र 'रोटी कपडा और मकान' हो । सो चलचित्र सन् १९७४ मा रिलिज भएको थियो । फिल्म रिलीज भएको ४५ बर्ष पुगेको छ । चलचित्र सुपहिट हुनाका साथै एक एक्शन सीन चर्चीत भएको थियो । उक्त सीन निर्देशन गरेपछि वीरू रातारात स्टार बनेका थिए ।

मनोज कुमार चलचित्र 'रोटी कपडा और मकान' का निर्देशक र निर्माता थिए । यसका साथै फिल्मका उनि लेखक पनि थिए  र  फिल्ममा अभिनय पनि गरेका थिए । फिल्ममा मनोज कुमारलगायत शशि कपूर, जीनत अमान, अमिताभ बच्चन र मौसमी चटर्जी थिए । चलचित्रमा अमिताभ बच्चनले एक हातले बाइक चलाएको खतरनाक स्टन्टले पनि मानिसलाई प्रभाव जमाएको थियो ।

फिल्ममा अमिताभ बच्चनले एक हातले बाइक चलाउनु थियो जुन खतरनाक थियो। फिल्मको यो एक्शन सीनलाई हेरेर दर्शक पनि हैरान भए । यहाँसम्म कि सो सीनको सुटिङ गर्दा अमिताभ पनि डराएका थिए । यस एक्शन सीनलाई वीरू देवगनले नै निर्देशन गरेका थिए जसको लागि उनको निकै सराहना पनि भयो । वीरू देवगनले मनोज कुमारसँग एक फिल्ममा कलाकारको रुपमा पनि काम गरेका छन् । चलचित्रको नाम 'क्रान्ति' हो जुन सन् १९८१ मा रिलीज भएको थियो।

८५ बर्षीय  वीरू देवगन घरमा खाना खादै गर्दा अचानक कुर्सीबाट लडेका थिए । काजोलले उनलाई अस्पताल लिएर गइन् जहाँ उनको हृदयघातबाट निधन भयो । सो समय  छोरा अजय मुम्बई फिल्म सिटीमा 'तानाजी' को सुटिङ गरिरहेका थिए । दुखद खबरको जानकारी पाएसँगै उनि बुवाको अन्तिम दर्शन को लागि पुगेका थिए ।

वीरू देवगनले सत्ते पे सत्ता, स्वर्ग से सुन्दर, दस नम्बरी, मिस्टर नटवरलाल, क्रान्ति, राम तेरी गंगा मैली, आखिरी रास्ता, मिस्टर इन्डिया, फूल और कांटे, इश्क जस्ता चलचित्रमा एक्शन कोरियोग्राफरको रूपमा आफ्नो योगदान दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ