arrow

दीपाश्रीले नरिवल फोडेर ‘६क्कापञ्जा’को सुटिङ सुरु गरिन्

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
chhakka-panja-1.jpg.jpeg
काठमाडौं। हाँस्यकलाकारहरुको लगानीमा निर्माण भइरहेको तेश्रो चलचित्र ६क्कापञ्जाको छाँयांकन सुरु भएको छ। मंगलबार भक्तपुरस्थित सुर्यविनायकमन्दिरमा पुजा गरेर छाँयाकन सुरु भएको हो। करिब एक महिनामा छाँयांकन सक्ने तयारीका साथ युनिट अघि बढेको छ। ६क्कापञ्जालाई दीपाश्री निरौलाले निर्देशन गर्दै छिन्। 
 
करिब डेढ दशकलामो अनुभवलाई ६क्कापञ्जामा आफुले सक्दो प्रयोग गर्ने उनले बताएकी छिन्। फिल्मको साथमा हाँस्य टेलिश्रृंखलानिर्माण तथा निर्देशन गरेर खारीएका कलाकारहरु रहेकाले ६क्कापञ्जा उत्कृष्ट चलचित्र बन्ने दीपाको जिकिर छ। करिब एक महिनामा ६क्कापञ्जाको छाँयाकन सकिने निर्देशक निरौलाले बताइन्। चलचित्रमा दिपकराज गिरी, जितु नेपाल (मुन्द्रे), केदार घिमीरे (माग्ने बुढा), शिवहरी पौडेल, किरण केसी, प्रियंकाकार्की, वर्षा राउत, नम्रता सापकोटा, वुद्धि तामाङलगायत कलाकारको अभिनय रहनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ