arrow

जब राजाले कुटे दासी

logo
गुरुज्ञान १०,
प्रकाशित २०७६ जेठ १४ मंगलबार
joy.jpg

काठमाडौं । राजा ईब्राहीम आफ्ना समयका  निकै प्रभावशाली राजा थिए । उनी सधै फूलको ओछ्यानमा सुत्ने गर्थे । एक दासी सधै उनको लागि फूलले विस्तर सजाउथिइन् । एक दिन दासी जब फूलले विस्तर सजाइरहेकी  थिइन् ।

तब उनले सोचिन्, 'राजा फूलको ओछ्यानमा सुत्छनुहुन्छ उहाँलाई कति आनन्द हुदो हो । यसको अनुभव म पनि गर्छु । केहि समय यो ओछ्यानमा म पनि ढल्किएर हेर्छु कति आनन्द आउछ ।'

उनी त्यो पलंगमा सुतिन् । सारा दिन काम गरेर थाकेकी उनी विस्तारमा पल्टिएसँगै निदाइन् । जब राजा सुत्नको लागि आफ्नो शयन कक्षमा आए तब दासीलाई फूलको बिस्तारामा सुतिरहेको देखेर निकै रिसाए । उनी रिसले मुरमुरिदै भने, 'यो दासी कति उद्दंड छे । जो मेरो पलंगमा सुतिरहेकी छे । यसले निकै ठुलो गल्ती गरेकी छे । यसलाई सजाय दिन आवश्यक छ ।'
 
उनले चाबुक निकालेर दासी माथि प्रहार गर्न थाले ।

चाबुक बर्षाएसँगै पिडाले दासी कराउन थालिन् । चिच्याउ लागिन् । रुदा-रुदै अचानक उनमा एक विचार आयो । सो विचारले उनी खित्का छोडेर हाँस्न लग्छिन् । उनी हाँसेको देखेर राजालाई आश्चर्यचकित भए ।

राजाले चाबुक बर्षाउन छोडेर सोध्छन्, ' हे दासी ! जब म चाबुक हान्दै थिए त पहिले रुदै थिइस् पछि हाँस्न थालिस कुरो के हो ?'

दासी भन्छिन्, 'महराज ! यदि तपाई मेरो गल्तिलाई क्षमा गर्नुहुन्छ भने म बताउने हिम्मत गर्छु ।' राजाले उसलाई माफि दिए ।

तब दासीले भनिन्, 'महराज ! म तपाई सुत्नको लागि फूलको ओछ्यान सजाइ रहेको थिए तब मैले सोचे की जब राजा यस विस्तरमा सुत्नुहुन्छ तब उहाँलाई कति सुख मिल्छ, उहाँ कति आनन्द प्राप्त गर्नुहुन्छ र त्यो सुखको अनुभव गर्नको लागि म जसै सुते मलाई निन्द्राले सतायो ।'

उनले भनिन्, 'जब अकस्मात ममाथि चाबुक बर्षियो तब म असहाय पिडा भएर रुन थाले तर केहि समयमा मभित्र एक विचार आयो । जब केहि समयको लागि यस फूलको ओछ्यानमा सुत्नुको परिणाम यो छ । मैले चाबुक खानु परेको छ भने राजा जुन सधै यस ओछ्यानमा सुत्छन् उनले पछि कति दण्ड भोग्नु पर्नेछ । उनको अन्त्यमा गएर के हालत हुनेछ  । यो विचार जब म भित्र आयो तब म आफ्नो पीडालाई भुलेर तपाई माथि आउने परिणामलाई सोचेर हाँस्न थाले ।'

यो सुनेर राजा निकै चिन्तित भए । आफ्नो भविष्य आफ्नो अन्तकाललाई लिएर  ।
उनले दासीलाई सोधे, 'के यस्तो कुने बाटो छ । जो म त्यो भयंकर परिणामबाट आफैलाई जोगाउन सकु ।'
दासी भन्छिन्, 'महराज ! यस समयका साचो सदगुरु सन्त कबीरदास हुनुहुन्छ । उहाँ भएको ठाँउमा तपाई गए त्यो आत्मज्ञान दिएर त्यो दु:खबाट मुक्त हुने उपाय बताउनुहुनेछ ।'

दासीको कुरा सुनेर राजा ईब्राहीमले राजपाट छोडे । राजा ईब्राहीम सन्त कबीरदासको आश्रममा गएर सेवा गर्न थाले ।
सेवा गर्दा गर्दै बर्षो बितेपछि सन्त कबीरदासकी धर्मपत्नी माता लोईले भन्नुभयो , 'ईब्राहीमले धेरै सेवा गरे । अब तपाई यीनलाई ज्ञान दिनुहोस ।' कबीरदास भन्नुहुन्छ, 'उसलाई अझै सेवा गर्न देउ ।  यो घडा अझै कच्चा छ, ज्ञानअग्निमा राख्दै फुट्नेछ ।'
लोईले भन्नुभयो, 'होइन महराज ! धेरै समय भयो विचराले सेवा गरेको अब ज्ञान दिनुहोस ।'
सन्त कबीरदासले भन्नुभयो, 'लोई  तिम्रो यस्तो इच्छा छ भने यीनको परिक्षा लिएर हेर , उतीर्ण भए ज्ञान दिनेछु ।'

अर्को दिन जसै राजा ईब्राहीम आश्रममा झाडु लगाएर विश्राम गर्न बसे तब माता लोईले उनी माथि हिलोको बाल्टिन खनाइदिनुभयो । हिलो ईब्राहीममाथि परेसँगै उनी क्रोधित भएर भन्न थाल्छन्, 'मेरो राज्यमा कोहि ममाथि हिलो हाल्थ्यो भने म त्यसलाई टुक्रा टुक्रा पारिदिन्थे ।'

माता लोई हास्दै जानुहुन्छ । उहाँले कबीरदासलाई भन्नुहुन्छ, 'महाराज उनी भित्र अझै पनि राजा हुनुको अभिमान छ, उनलाई अझै केहि समय सेवा गर्न दिनुहोस ।'

जब ईब्राहीमले परीक्षा लिइएको र उनी फेल भएको थहा पाए तब उनी निराश  भएनन् उनी अझ उत्साहका साथ सेवा गर्न थाले । लामो समय बितेपछि माता लोईले कबीरदासलाई भन्नुभयो,'महराज अब त ईब्राहीमले धेरै सेवा गरे । उलाई ज्ञान दिनुहोस ।
कबीरदासले भन्नुभयो, 'फेरी परिक्षा लिएर हेर ।'

एक दिन बिहान ईब्राहीमले आश्रमको सफाइ सकेर नुहाउन नदिमा गए । उनी नुहाएर आश्रम फर्किदै थिए तब माता लोईले माथिबाट एक बाल्टि फोहर उनी माथि खनाउनुभयो ।

जसै राजा ईब्राहीममाथि फोहर पर्‍यो तब उनी माथि हेरेर भन्छन्, 'हे गुरुमाता तपाईले यस क्षुद्रको लागि, यस पापीको लागि यति कष्ट किन उठाउनुभयो, आफ्नो हातले यस्तो फोहर चीज किन उठाउनुभयो ? यदि तपाई आज्ञा दिनुहुन्थ्यो भने सबै फोहर म आफै आफ्नो टाउको माथि हाल्ने थिए ।'

तब माता लोईले कबीरदासलाई भन्नुभयो, 'महराज ! अब ईब्राहीमभित्र अभिमान छैन । अब उनी ज्ञान लिनको लागि तयार छन् ।' सो परिक्षासँगै ईब्राहीमलाई कबीरदासले ज्ञान दिनुभयो । ज्ञान प्रप्त भएपछि ईब्राहीमले त्यो ईश्वरीय सत्तालाई आफ्नो हृदयमा दर्शन गरेर उनको मनुष्य जीवन सार्थक बनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ