arrow

मधेस संघीयताको मुटु हो – राजेन्द्र श्रेष्ठ 

logo
प्रकाशित २०७६ जेठ १४ मंगलबार
BKM-Parsa-UpendrayadavandBaburama-696x404.jpg

वीरगञ्ज । समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले मधेस जनविद्रोहबाट नै नेपालमा संघीयता स्थापित भएको बताउँदै मधेस संघीयताको जननी भएको बताएका छन् ।  

 पार्टी एकताको उपलक्ष्यमा वीरगञ्जमा आयोजित कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा उनले अहिले केन्द्रको एकात्मकवादी सोचको विरुद्ध २ नम्बर प्रदेशले गरेका संघर्ष ऐतिहासिक महत्वको भएको बताउँदै मधेस संघीयताको मुटु समेत भएको बताए ।

सहअध्यक्ष श्रेष्ठले प्रदेश प्रहरी, प्रदेश लोकसेवा आयोग, प्रदेश उच्च अदालत लगायतका राज्ययन्त्रहरुलाई केन्द्रले नियन्त्रण गर्न खोज्नु संघीयताको सिद्धान्त विपरीत भएको बताउँदै प्रदेशले देशको संविधानसँग नबाझ्ने गरी आफ्नो कानुन आफैले बनाउनुपर्ने बताए । 

उनले नेपालमा समाप्त गर्ने षदयन्त्र भइरहेको बताउँदै मधेस प्रदेशले यसको विरुद्ध अगुवाई गरेर आफ्नो कानुन बनाएकोमा धन्यवाद दिए ।

नेपालको राजनीतिमा वैचारिक नेताको रुपमा परिचित श्रेष्ठले उक्त अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेसले अगाडि सारेको लोकतान्त्रिक समाजवाद तथा नेपाल कम्युनिष्ट पार्टीले अगाडि सारेको जनताको जनवाद र समाजवाद युरोपका एकल जातीय राष्ट्र–राज्यहरुको नक्कल भएकोले नेपाल जस्तो बहुराष्ट्रिय मुलुकहरुमा उपयुक्त नभएको बताउँदै कांग्रेस कम्युनिष्टको शासनमा जातिवाद झल्किएको बताए । 

उनले नेपाल बहुराष्ट्रिय राज्य भएकोले नेपाली समाज सुहाउँदो  समाजवादको मोडेलको रुपमा समुन्नत सङ्घीय समाजवादलाई सिद्धान्तको रुपमा अबलम्बन गर्ने बताए । 

नेता श्रेष्ठले नेपालमा बजार अर्थतन्त्रको नाममा सामाजिक उत्तरदायित्व भुुल्ने लोकतान्त्रिक समाजवाद र राज्यको दायित्वको नाममा राजकीय समाजवाद लागु गर्ने साम्यवादको युग समाप्त भएको बताउँदै अब नेपाली विशेषतायुक्त समाजवादलाई अंगीकार गर्ने बताए । 

उनले यस्तो समाजवाद भनेको संघीय शासन प्रणाली सहितको समाजवाद भएको र यसले सामाजिक न्याय, सबैखाले विभेदबाट मुक्ति, सुशासन र समृद्धि ल्याउने भएकाले यसलाई सम्मुनत संघीय समाजवाद भनिएको बताए । उनले यस्तो समाजवाद माथिबाट लादिने नभई जनताबाट प्रष्फुटित, जनताप्रति उत्तरदायी, लोकतान्त्रिक र समावेशी हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ