arrow

प्रदेश ५ ले तीन दिन गणतन्त्र दिवस मनाउने, बिदा छैन

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ जेठ १४ मंगलबार
pradesh-5-CM_Bulding.JPG

बुटवल ।  प्रदेश ५ को सरकारले गणतन्त्र दिवस तीन दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाउने भएको छ । तीन दिवसीय कार्यक्रम अन्तर्गत मंगलबार स्थानीय तहहरुले आ–आफनो क्षेत्रमा सरसफाई गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम रहेको छ ।

भोली जेठ १५ गते गणतन्त्र दिवसको मुख्य दिन बिहान राजमार्ग चौराहाबाट प्रभातफेरी सुरु भई बुटवलमण्डपमा पुगेर बिशेष समारोहमा परिणत हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

बिशेष समारोह प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यमा हुने जनाइएको छ ।भोली साझ प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय सहित प्रदेश सरकारका बिभिन्न मन्त्रालय र कार्यालयहरुमा दीपावली गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै जेठ १६ गते बिभिन्न सामाजिक संस्थाहरुको आयोजनामा रक्तादान तथा आश्रमहरुलाई सहयोग गर्ने कार्यक्रम तय गरिएको छ ।

गणतन्त्र दिवसको अवसरमा बिभिन्न पत्र पत्रिकाहरुमा प्रकासित गणतन्त्र सम्बन्धि उत्कृष्ठ लेख रचनाहरुलाई पुरस्कृत गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

यसैबिच गणतन्त्र दिवसको मुख्य दिन जेठ १५ गते सार्बजनिक बिदा नदिने भएको छ ।गत वर्ष बिदा दिइएपनि यस वर्ष बिदा दिने निर्णय नगरीएको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ