arrow

जनकपुरमा गणतन्त्र दिवसमा धुमधाम

पहिलो दिन प्रभातफेरीसहित मानव साङ्लो दोस्रो दिन चियापान

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
janakpur1.jpg

जनकपुरधाम । गणतन्त्र दिवसको अवसरमा प्रदेश नं २ सरकारको अगुवाइमा बुधबार बिहान प्रभातफेरी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडिबाट शुरु भएको प्रभातफेरी नगरका विभिन्न चोकको परिक्रमा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आएर समापन भएको थियो ।     
     
सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रका लागि आप्mनो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल लोकतन्त्रकै उत्कृष्ट नमूना रहेको बताए । तीन तहको सरकार बनिसकेकाले अब विकास निर्माणको जिम्मा हामी सबैको रहेको उल्लेख गर्दै उनले सबैले आ–आफनो जिम्मेवारी पूरा गरेर मुलुकलाई समृद्ध बनाउनुपर्ने धारणा राखे । 
     
 प्रभातफेरीमा मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका मन्त्री, सुरक्षा निकायका प्रमुख, जनकपुर उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।     
     
त्यसैगरी गणतन्त्र दिवसका अवसरमा जनकपुरधामको जानकी मन्दिर परिसरमा विभिन्न शैक्षिक प्रतिष्ठानका शिक्षार्थीद्वारा मानव साङ्लो बनाइएको छ । एकताको सन्देशका लागि जनकपुरधामका विभिन्न शैक्षिक प्रष्ठिानद्वारा मानव साङ्लो बनाएको बताइएको छ ।     
     
प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयमा मंगलबार बसेको सर्वपक्षीय बैठकले दुई दिनसम्म विशेष कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरेको निर्णयअनुसार यहाँ मानव साङ्लो निर्माण गरिएको हो । सोही अवसरमा बिहीबार चियापान समारोह गरिने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ