arrow

प्राध्यापक संघले भन्यो, 'शिक्षा सम्बन्धी विधेयकले लोकतन्त्रको मर्ममाथि प्रहार'

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
TU-teachers-association.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले शिक्षा सम्वन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक निर्माणमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै संघले विद्येयकका प्रावधानहरुले विश्वविद्यालयको स्वयत्तता र प्राज्ञिक स्वतन्त्रतालाई हनन् गर्नुका साथै यस्तो कानुनी व्यवस्था गरिएमा संविधानतस् प्रत्याभूत लोकतन्त्रको मर्म र भावनामाथि समेत कुठाराघात हुने उल्लेख समेत गरेको छ । 

संघका अध्यक्ष वसन्त ढकाल र महासचिव केशवराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनआन्दोलनबाट स्थापित भई कार्यान्वयनमा आउने ऐन जनआन्दोलनबाट स्थापित मुल्य र मान्यतामा आधारित हुनु पर्नेमा जोड दिईएको छ । संघले सांगठानिक स्वायत्तता एवं प्राज्ञिक स्तन्त्रताको ठाडो हनन हुन नदिन नेपाल सरकार राजनीतिक दल, नीति निर्माता लगायत सम्वन्धित सबै सरोकारवालाको ध्यानाकर्षण समेत गराएको छ । 

संघले उच्च शिक्षा सम्बन्धी यस्ता कानुनहरुको निमार्ण गरिँदा सम्वन्धित क्षेत्रका पदाधिकारी, विज्ञ तथा सरोकारवालाहरुबीच आपसी अर्न्तक्रिया, छलफल गरी ऐनमा समावेश गरिने विषयवस्तु तथा सरोकारहरुबारे टुङ्गोमा पुग्ने वातावरण सिर्जना गरेर मात्र विधेयकको मस्यौदा तयार गर्ने परिपाटीको थालनी गर्न समेत माग गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ