arrow

टेन्डर हाल्न गएका ठेकेदारमाथि कुटपिट

logo
शैलेन्द्र रोकाया,  
प्रकाशित २०७६ जेठ १६ बिहिबार
Screenshot_20190529-182925.jpg

बझाङ । तल्कोट गाउँपालिकाको कार्यालयमा टेन्डर खसाल्न गएका निर्माण  व्यवसायीलाई कुटपिट गरिएको छ । तल्कोट गाउँपालिकाका केटाहरु र केही चैनपुरका केटाहरुले टेन्टर कब्जा गर्ने उद्धेश्यले निर्माण व्यबसायीहरुलाई निर्धात रुपमा कुटपिट गरेका हुन् । 

तल्कोट गाउँउपालिकाले बैशाख १ गते  तीन वटा आयोजना निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । टेन्डर खसाल्न गएका ठेकेदारहरु जयपृथ्बी नगरपालिका वडा ३ का  गणेश रोकाया, राजन धमेना देवराज जोशी, भरत रोकाया, शेरबहादुर खड्का, बबी खड्का लगायत ६ जना निर्माण व्यबसायी घाइते भएका छन् । 

ठेकेदार गणेश रोकायाको टाउकोमा चोट लागेर ५ वटा टाँका लगाएका छन् भने अन्य ठेकेदारहरुको कसैको खुट्टामा कसैको पठ्यिूमा र कसैको मुखमा चोट लागेको छ । तल्कोटका स्थानीय ठेकेदार लोकेन्द्र सिंह र सुनिलजङ्ग शाहिको टोलीले त्यहाँका केही अन्य युवाहरु र चैनपुरबाट केही गुण्डाहरु परिचालन गरी टेन्टर दर्ता गर्न नदिएपछि उनीहरुले नै ढुङ्गा मुढा र लठ्ठीले आफुहरु माथि कुटपिट गरेको निर्माण ब्यवसायी भरत रोकायाले बताए । 

उनले भने ‘दर्ता गर्ने समय मध्यान्ह १२ बजेसम्म थियो तर हामी ११ बजे त्यहाँ पुगिसकेका थियौं गाउँपालिका अध्यक्ष लालबहादुर बिष्टले दर्ता गर्न आउनुहोस् भनेपछि हामी गएका थियौ त्यहाँ त केटाहरुले लठ्ठी काटेर बोरामा हालेर ल्याएका रहेछन् र एक्कासी हामीमाथि हमला गरे ।’

ठेक्का एकलौटी तरिकाले कब्जा गर्ने र अन्य ठेकेदारहरुलाई  खसाल्न नदिएपछि बिबाद हुँदा झडप भएको थियो । ‘स्थानिय ठेकेदारहरुले केटाहरु जम्मा गरेर एकलौटी ठेक्का कब्जा गर्ने रणनिती रहेछ’, निर्माण ब्यबसायी संघ बझाङका अध्यक्ष नबराज रोकायाले भने ‘मिलेमतोमा गरौं स्थानीय ठेकेदारलाई काम दियौ भन्ने सहजीकरण गर्थ्यौनी बरु त्यो पनि हुन सकेन । घटनामा संलग्नलाई कारबाही र टेन्डर बदर गर्न उजुरी हालेका छांै यदि त्यसो नभएको खण्डमा चरणबद्ध आन्दोलन गर्नेछौं ।’

उनले भने ‘हामीले दर्ता गर्न खोज्दा कार्यालयभित्र जान नदिएर एक्कासी किन आक्रमण गरियो ?’ तर आफुुहरुले खरिद गरेका टेन्डर कार्यालयको प्रशासन फाँटमा बुझाएर आएको बताए । 

टेन्डर खसाल्न गएका निर्माण ब्यबसायीमाथि कुटपिट गरेपछि प्रहरीहरुले भीडलाई  नियन्त्रणमा लिएका थिए । गाउँपालिकाका अध्यक्ष लालबहादुर बिष्टले भने टेन्डरको बिषयमा आफुले बुझे अनुसार ९ वटा टेन्डरको दर्ता भएको बताए ।  

ठेकेदारबीच झडप हुँदा अन्य ५ ओटा टेन्डर दर्ता नगरी छोडेर गएका हुँदा घटनाको छानबिन गरी छनौट प्रकियालाई अगाडि बढाउने उनले बताए । गाउँपालिकाले पनाल्तदेखि स्याडासम्म सडक निर्माण, हिमालय माबि भवन निर्माण र दातोला मेल्बीसौना सिचाई कूलो गरी झण्डै ३ करोड ५० लाखको बोलपत्र आह्वान गरिएको थियो ।   


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ