arrow

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको दशाः प्रचण्डपुत्रीले लगिन् कार्यकर्ताले खेदाए

धुर्मुस रुँदै भन्छन् – वातावरण नबनेसम्म परियोजना स्थगित 

logo
प्रकाशित २०७६ जेठ १६ बिहिबार

काठमाडौं । ‘बनाउन भन्दा बिगार्न सजिलो हुन्छ’ भनेझैं धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माण कार्य अगाडि बढाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला शिलान्यास नहुँदै काम स्थगित भएको छ । 

बुधबार बिहान रंगशाला निर्माणस्थलको तारबार, जस्तापाताको बार लगायतका संरचनामा स्थानीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले व्यक्तिहरुले डोजर लगाएपछि निराश देखिएका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले सुरक्षाको प्रत्याभूति नभएसम्म परियोजनाको काम अगाडि नबढाइने भन्दै विज्ञप्ति नै निकालेका छन् । 

Image may contain: sky, grass, outdoor and nature

फाउण्डेसनको साईट अफिसका घरबेटी सुरेन्द्र विक, स्थानीय नेकपा नेता प्रकाश कँडेल लगायतका व्यक्तिले डोजर परिचालन गरी रंगशालाको बार भत्काएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बार भत्काउने कार्यक्रमा संलग्न भएको आरोपमा प्रहरीले विक र कँडेलसहित १६ जनालाई नियन्त्रणमा लिएको छ। 

उनीहरुसँग थप छानबिन भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आफ्नो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । 

भरतपुर महानगरपालिकाको तर्फबाट जग्गा व्यवस्थापछि २०७५ माघ १६ गते नेपाल सरकारको रोहवरमा त्रिपक्षीय सम्झौता भई रामपुर शान्तिचोकमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनको संयोजकत्वमा सबैको सहयोगमा सम्पन्न गर्ने भनिएको थियो । 

धुर्मुसले विज्ञप्तिमा भनेका छन्, ‘परियोजनाको प्रारम्भदेखि नै कार्य वातावरणमा असहजता श्रृजना गराउने, विभिन्न अनुचित माग राख्ने र फाउण्डेशनका कर्मचारी तथा सहयोगीहरुलाई धम्क्याउने, त्रास देखाउने गतिविधिहरु भइरहँदा पनि चितवनवासीको आत्मसम्मानमा चोट नपुगोस् भनेर यस्ता गतिविधिहरुलाई हामीले सामान्य रुपमा लिइ बेवास्ता गर्दै आयौं तर डीपीआर पश्चात महानगर, एएफयु र फाउन्डेशन बसी उक्त पश्चिम तर्फको बाटोको विषय तय गर्ने अवस्था छँदाछँदै परियोजना भित्रको सुरक्षाको स्थिति र कार्यवातावरण तयार गर्न लगाइएको अस्थायी बारबेरमा सुनियोजित रुपमा तयारीका साथ स्थानीयलाई भ्रामक दुस्प्रचार गरी समूहमा आई फाउण्डेशन प्रशासनले बारबेरको कार्य स्थगन गरिसकिएको अवस्थामा जोरजबर्जस्ती जुन खालको गतिविधिहरु भयो यसबाट कार्यवातावरण, कर्मचारी, कामदारको जिउ ज्यान र भौतिक सम्पत्तिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थिति श्रृजना भएको हुँदा सो सम्बन्धमा स्थायी समाधान र कार्यवातावरण तयार नभएसम्मका लागि परियोजनाको कामकारवाही स्थगित गरिएको छ ।’

Image may contain: text

को हुन् प्रकाश कणेल ? 
प्रकाश कणेल तिनै हुन् जसले फेरि आफ्नो नाममाथि बदनाम गरेका छन् । उनले नै स्थानीय तहको निर्वाचनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई जिताउनका लागि मतपत्र च्यातेका थिए । 

 

उनलाई प्रहरीले पक्राउ गरे पनि कार्वाही गर्नेमा आशंका कायमै छ । यदि प्रकाशले स्थानीय चुनावमा मतपत्र नच्यातेको भए रेणुले नजिती तत्कालीन एमालेका प्रतिस्पर्धी देवी ज्ञवालीले जित्ने थिए । 

यति ठूलो गुन लगाएका प्रकाशलाई रेणुले कार्वाहीका लागि सिफारिस गर्नेमा आशंका छ । 

प्रचण्डले चाहे सम्भव छ 
प्रचण्डले चाहे भने प्रकाशलाई कार्वाही गर्न कसैले रोक्ने छैन । किनभने प्रचण्डको सिफारिसमा जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुखमा बुधबारदेखि एसपी दानबहादुर मल्ल गएका छन् । 

राजनीतिक फोर्समा चितवन पुगेका मल्ल कसको इशारामा नाच्छन् त्यो हेर्नु छ । तर प्रचण्डले आफ्नो क्षेत्रमा बन्न लागेको क्रिकेट रंगशालाको दशा बनाउनतिर लाग्छन् कि बिगार्न तिर ? 

अनि धुर्मुस सुन्तली फाउण्डेशनले निकै मेहनत गरेर बनाउन लागेको रंगशालाका लागि स्थानीय प्रशासनले उचित वातावरण दिनुपर्नेमा आफ्नै कार्यकर्तालाई खुलेआम अपराध गर्न छुट दिँदा प्रचण्डको छवि कहाँ पुग्ला ? 

हरेक समस्याको समाधान हुन्छ । धुर्मुसले कसैको जग्गा मिचेर बनाउने रंगशालाले उनलाई कदापी फाइदा हुँदैन । तर के आफ्नो क्षेत्रमा हुन लागेको यति ठूलो काममा रेणु दाहालले चुप लागेर बस्न मिल्छ ? स्थानीयको समस्या समाधान गर्ने जिम्मा उनको हैन ? 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ