arrow

अग्नि पीडितलाई तरुण दल र नेबिसघंद्धारा राहत

logo
मणिप्रसाद गैेह्रे, 
प्रकाशित २०७६ जेठ १६ बिहिबार
3_(3).jpg

कपिलवस्तु । शिवराज नगरपालिका वडा नः ९ स्थित दश गाउँका आगलागी प्रभावितहरुलाई राहत बितरण गरिएको छ । बुधवार भएको आगलागीका पीडितहरुलाई नेपाल तरुण दल र नेपाल बिद्यार्थी सघं क्षेत्र नः १ ले राहत बितरण गरेको हो । 

आपतकालिन घटनामा परेकाहरुलाई तत्काल राहत बितरण गर्दै आएको तरुण दल र नेबिसघंले आगलागी पिडितलाई करिव ९० हजार रुपैयाँ बराबरको राहत सामाग्री बितरण गरिएको तरुण दल सभापति खोम बहादुर सिंह ठकुरी (शतिm) ले जानकारी दिएका छन् । 

तत्काल आवश्यक पर्ने विस्तरा सिरानी, चामल सहित पाठ्यपुस्तक जलेर बिद्यालयजान नपाएका बिद्यार्थीलाई झोला, कापि तथा कलम बितरण गरिएको उनले बताए । हालसम्म यसरी आपतकालिन अवस्थामा परेकालाई बिभिन्न समयमा गरि करिव १० लाख बराबरको राहत सामाग्री बितरण गरिसकिएको अध्यक्ष शतिmले जानकारी दिए । 

९ परिवारका घरमुलीलाई चामल, डोछेना, सिरानी, र तिनै घरका १४ जना बालबालिकालाई झोला, बिद्यालय पोशाक, कापि कलम बितरण गरेपछि आगलागी पिडित निकै खुशी भएका थिए । 

राहत बितरण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्य, सचिव प्रेम रायमाझी, महासमिति सदस्य दुर्गा सेन, हुमकान्त खनाल, तरुण दल कपिलवस्तु क्षेत्र नः १ का क्षेत्रीय सभापति तिलक थापा, नेबिसघं क्षेत्र नः १ का सभापति चन्द्रकान्त पोखरेल, ५ का बिश्वमणी खनाल, बिद्यार्थी नेता अच्युत अर्यालको सहभागिता रहेको थियो । 

राहतबितरण कार्यक्रममा बोल्दै पार्टी सभापति आर्चायले तरुण दल र नेबिसघंले गरेको काम उदाहरणीय भएको बताउँदै थप राहातका लागि स्थानीय सरकारलाई आग्रह समेत गरेका थिए ।  

पार्टी जागरण अभियानमा ब्यस्त रहेका बेला आफनो कर्तब्यलाई बुझ्दै राहत बितरण कार्य गरेको बताइएको छ ।  यसअघि पनि विभिन्न स्थानमा राहत वितरण गरिएको तरण दल कपिलवस्तुले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ