arrow

मोदीको सपथमा सहभागी हुँदैछन् यी १० बलिउड स्टार

logo
प्रकाशित २०७६ जेठ १६ बिहिबार
modi-saharukh.jpg

काठमाडौं । लोकसभा निर्वाचन सन् २०१९ मा भारतीय जनता पार्टी (भाजपा)को जितपछि नरेन्द्र मोदीले बिहीवार दोस्रोपटक प्रधानमन्त्री पदको शपथ लिँदैछन् । यो समारोह बेलुका सवा ७ बजे हुनेछ । यसमा करीब ६ हजार मानिस सहभागी हुने अनुमान छ । भाजपा र मोदीको जितमा ऋषि कपूर, अक्षयकुमार, अजय देवगन, शाहरुख खान, सलमान खान, परेश रावल र अनुपम खेरजस्ता ठूला सेलिब्रेटीले बधाई दिएका थिए ।

स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार यो समारोहमा शाहरुख खान, करण जोहार, सञ्जय लीला भंसाली, कंगना रनौत, रजनीकान्त र कमल हसन जस्ता स्टार पनि सहभागी हुनसक्छन् ।

पछिल्लो पाँच वर्षमा मोदीले बलिउड स्टारसँग राम्रो सम्बन्ध बनाएका छन् । उनी अक्सर कुनै न कुनै सेलिब्रेटीसँग भेट्ने गरेका थिए । यसका साथै मोदीको खेलाडीसँग पनि राम्रो सम्बन्ध छ । बिहीवारको समारोहमा एथलिट पीटी ऊषा, ब्याडमिन्टन स्टार सायना नेहवाल, पुलेला गोपीचन्द, दीपा करमाकर, क्रिकेटर राहुल द्रविड अनिल कुम्बले, वजगल श्रीनाथ र हरभजन सिंह सहभागी हुन सक्नेछन् ।

साथै यो समारोहमा केही व्यवसायी पनि सहभागीहुने अपेक्षा छ । यसमा मुकेश अम्बानी, रतन टाटा, अजय पीरामल, जोन चेम्बर्स र बिल गेट्स पनि सहभागी हुने अनुमान गरिएको छ ।

त्यसका साथै बिमस्टेकसहित १४ मुलुकमा नेता समारोहमा सहभागी हुनेछन् । यसअघिको मोदीको शपथ समारोहमा करीब ४ हजार मानिस सहभागी भएका थिए । यसपटकको कार्यक्रम पनि यसअघिको जस्तै भव्य हुनसक्ने अनुमान छ । साथै यसपटकको यो समारोहले अन्तर्राष्ट्रिय रुपमा केही महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताइएको छ ।

भाजपाको तर्फबाट पनि केही सेलिब्रेटीले निर्वाचनमा भाग लिएका थिए । जसमा केहीले हारको सामना गरे भने केहीले नयाँ इतिहास पनि रच्न सफल भएका । भाजपाको तर्फबाट टिकट लिएर हारको सामना गर्नेमा निरहुआ र जया प्रदा हुन् ।

जित हासिल गर्ने सेलिब्रेटीमा हेमा मालिनी, सनी देओल, मनोज तिवारी र रवि किशन पनि सामेल छन् ।  भाजपाले पहिलोपटक भोजपुरी तथा बलिउड अभिनेता रवि किशनलाई गोरखपुरबाट निर्वाचनमा उतारेको थियो । उनले यो क्षेत्रमा जित हासिल गरेका थिए । यसैबीच सनी देओलले पनि गुरदासपुरको सिटमा जित हासिल गरेका हुन् । जित हासिल गर्ने यी ४ सेलिब्रेटी पनि यो समारोहमा सहभागी हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ