arrow

आध्यात्मिक शासक नभइ न्याय पाइँदैन

'राजनीति अल्पकालिन धर्म हो, धर्म दीर्घकालीन राजनीति हो '

logo
लेख,
प्रकाशित २०७६ जेठ १६ बिहिबार
plato.jpg

काठमाडौं ।  आज विश्वका विभिन्न देशमा, देशभित्रका प्रदेश वा प्रान्तमा अनेकौ कानुन बनेका छन् । तर पनि मानिसले दु:ख पाइरहेका छन् । अनेकौ प्रकारका समस्या समाजमा छन् । कानुन बनेर पनि ती समस्या समाप्त गर्न असमर्थ छन् ।

यो त धर्मको शक्तिको प्रभाव हो जसले मानिसलाई सत्मार्गतर्फ प्रेरित गरिरहेको छ जसबाट मानिसहरु अस्पताल, धर्मशाला, मन्दिर, अनाथालय, आश्रम र स्कुल आदिको निर्माण गरिरहेका छन् । संसारमा स्वार्थ छ भने धर्ममा परमार्थ छ ।

भारतलाई स्वतन्त्र गराउने एक महात्मा थिए र हालै भारतमा अत्यधिक बहुमतले प्रधानमन्त्री बनेका मोदी पनि सन्त नै हुन् ।  यो हो धर्मको शक्ति । त्यसैले हरेक देशमा जबसम्म धार्मिक शक्ति जागृत हुदैन, राजनीतिमा जबसम्म अध्यात्म मिश्रण हुदैन तबसम्म कुनै देश सम्हालिन सक्ने छैन । त्यसैले भनियो 'राजनीति अल्पकालिन धर्म हो, धर्म दीर्घकालीन राजनीति हो ।'  

हाम्रो राजनीतिमा जुन फोहरी खेल भइरहेको छ, अनेक प्रकारका अत्याचार, अनाचार र भ्रष्टाचार भैरहेको छ । यी माथि नियन्त्रण कसले गर्ने, यस फोहोरको सफाइ कसले गर्ने ? धर्मले नै राजनीतिमा शुद्धता ल्याउन सक्छ । यस खराबीको अन्त्य गरेर यसको शक्तीलाई समाज र देशको उत्थानमा लगाउन सक्छ ।

आजको समयमा विश्व समुदायलाई सबैभन्दा ठुलो आवश्यक्ता आध्यात्मिक शक्ति जागृतको छ । त्यसैले प्लेटो (plato) आदि महान दार्शनिकहरुले भनेका छन्,'Every king should be a spiritualist and if this is not possible, then the spiritulalist should be Make a king' अर्थात प्रत्यक राजा आध्यात्मिक, धार्मिक हुनुपर्छ यदि संभव नभए आध्यात्मवादीलाई राजा बनाइदिनुपर्छ ।' भन्नुको अभिप्राय जो राजा वा शासक हुन्छ उ आत्मज्ञानी हुनुपर्छ । तत्वज्ञानी हुनुपर्छ ।

जब राजा परिक्षितको जीवनकालमा विपद आइलाग्यो तब शुकदेवको खोजी गर्न थाले । आजको समय त्यहि अवस्थामा छ । राजा परिक्षितको स्थिति भएको छ अनि खोजी शुकदेवको हुन थालेको छ ।

शुकदेव वास्तवमा एक साँचो धार्मिक, आध्यात्मवादी पुरुष थिए । जसको सामु ८८ हजार ऋषिमुनी नतमस्तक हुन्थे । त्यसको ढिलाई यसकारण छ कि समय तयार छैन । तर यो याद राखौ विना सन्तको आशिर्वाद, बिना धार्मिक पुरुषहरु यस संसारलाई बचाउन सकिनेछैन ।

प्रकृतिको पनि साथ आध्यात्मिक पुरुषसँग रहन्छ । जब आध्यात्मिक पुरुष अघि आउनेछ तब युग परिवर्तन हुनेछ । रुप परिवर्तन हुनेछ तथा मानव समाज बदलिनेछ र देशमा मात्र नभइ सम्पुर्ण विश्वमा शान्ति फैलिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ