arrow

विश्वकप क्रिकेटको पलपलको अपडेट अब हाम्रोपात्रोमा

logo
प्रकाशित २०७६ जेठ १६ बिहिबार
hamro_cricket_wide.jpg

काठमाडौं । जीवनमा उपयोगी विभिन्न विशेषता बोकेको हाम्रोपात्रोले खेलकुदलाई पनि प्राथमिकतामा राखेको छ ।

यसअघि निर्वाचन तथा विश्वकप फुटबलको अपडेट दिएको हाम्रोपात्रोले इंगल्याण्ड र वेल्सको संयुक्त आयोजनामा बिहीबारदेखि सुरु भएको विश्वकप क्रिकेटको पनि पलपलको अपडेट दिने भएको छ । 

हाम्रोपात्रोले विश्वकप क्रिकेटको हरेक बलको अपडेट तथा अनुमान गरी जित्ने नयाँ योजनासहित अपडेट सार्वजनिक गरेको छ । 

यसका लागि प्लेस्टोरमा गएर नयाँ अपडेट प्राप्त गर्न सकिने हाम्रोपात्रोले जनाएको छ । 

भरपुर मनोरञ्जनले भरिएको यस खेलको हरेक उतारचढावको अपडेट अब मोबाइल एप हाम्रोपात्रोमा पाउन सकिने छ ।

यसका लागि एन्ड्रोइड फोन अटो अपडेटमा छ भने अपडेट भइसकेको हुने र नभएको भए प्लेस्टोरमा डाउनलोड गर्न सकिने विज्ञप्ति जारी गरी हाम्रोपात्रोले जनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ