arrow

एनआरएनए अष्ट्रेलियाका लागि जनसम्पर्कका उमेद्वारहरुको घोषणा

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
nrna-candidate-nejasa-australia.jpg

अष्ट्रेलिया। गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी ६ जुलाई २०१९ मा राष्ट्रव्यापि निर्बाचन हुने भएको छ। संस्थाले निर्बाचन समिति गठन गरी बिगत जस्तै कम्प्यूटर प्रविधिबाट निर्बाचन सम्पन्न गराउन तयारीमा जुटेको छ । 

निर्बाचनको मिति तय भएसँगै बिगतमा जस्तै कांग्रेस समर्थक र कम्युनिष्ट समर्थक बिच प्रमुख प्रतिषपर्धा हुने देखिएको छ । दुबै समुहका उमेद्वारहरु हाल चुनाबी नारा लिएर फेसबुकका वालहरुलाई रंगिन बनाई रहेका छन् । प्रमुख यी दुई समुह बाहेक अन्य स्वतन्त्र उमेद्वारहरुको नाम समेत चर्चा आएको छ। 

यसै बिच नेपाली कांग्रेसको सुभेच्छुक संस्था जनसम्पर्क समिति अर्थात एनपिसीसी अष्ट्रेलियाले आफनो समर्थन गर्ने उमेद्वारको लगभग सबै नामहरु टुङ्गो लगाएको छ । एक पदमा दूई भन्दा धेरैको इच्छा भएकाले एनआरएनए अष्ट्रेलियमा नेतृत्व तथा कार्य गर्न जानेहरुको सरलीकरणका लागि एनपिसीसी अष्ट्रेलियाका बरिष्ठ उपाध्यक्ष सुरेश गुरुङको संयोजकत्वमा एक समिति गठन गरिएको एनपिसीसी अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले जानकारी दिए।

गिरीका अनुसार समितिले आन्तरीक बृहत अभ्यास र छलफल पछि  एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय अध्यक्षमा नन्द गुरुङलाई खडा गर्ने निर्णय गरेको छ । गुरुङ हाल एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा सदस्यताको हिसावले सबै भन्दा ठूलो राज्य एनएसडब्लुको संयोजक समेत रहेका छन्। एनआरएनए अष्ट्रेलियाको कार्य समिति सदस्य तथा खेलकुद संयोजक हुँदै बिगत दूई दशकदेखि नेपाली समुदायमा परोपकारी तथा सामाजिक कार्यमा गुरुङ सक्रिय छन । सरल, लगनशिल तथा इमान्दा समाजसेवीका रुपमा कहलिएका गुरुङ यस पटकको निर्बाचनमा पनि दरिलो उमेद्वारको रुपमा प्रस्तुत भएका छन्। बिगतमा सर्वाधिक मत प्राप्त गर्ने लोकप्रिय उनि यस पटक सबैको रोजाई हुन सक्छन भन्ने अनुमान छ। 

त्यसैगरी जनसम्पर्कले गूरुङको अध्यक्षतालाई समर्थन गर्ने गरी उपाध्यक्ष एबम एनएसडब्लु राज्य समितिमा नेपाल बिद्यार्थी संघका प्रवाभसाली पूर्व बिद्यार्थी नेता एबम पोखरा समाज अष्ट्रेलियाका अध्यक्ष राज कुमार अधिकारीलाई अघि सारेको छ । राष्ट्रिय महासचिबमा इन्जिनियरिङ पेशामा बिद्यावारीधि गरेका मेलवर्न निबासी बिज्ञ डा शंकर ढकाललाई अघि सारिएको छ । राष्ट्रिय सचिबमा बर्तमान एनएसडब्लु राज्य समितिका सचिब सरोज पाण्डे, राष्ट्रिय कोषाध्यक्षमा लामो समयदेखि एनआरएनएमा लागि परेका कुशल केसी र राष्ट्रिय यूवा संयोजक मा बर्तमान एनएसडब्लु राज्य समितिका यूवा संयोजक बिजय पौडेलले उमेद्वारी दिने भएका छन्। 

जुलाई ६ मा हुने निर्बाचनले राष्ट्रिय समिति सहित राज्य समिती समेतको निर्बाचन गर्ने छ । राज्य समिति अन्तर्रगत एनएसडब्लु राज्य समितिमा राज कुमार अधिकारीको संयोजकत्वमा उपसंयोजकमा भिम बस्नेत, सचिबमा सुजाता उपाध्याय, सह सचिबमा दिल तामाङ, कोषाध्यक्षमा सबिना न्यौपाने र यूवा संयोजकमा बिधान पाण्डे उमेद्वार रहने भएका छन । सदस्य उमेद्वारहरुमा बिनोद हमाल, दिलु केसी, दिनेश भण्डारी, घनेन्द्र फियाक, हरी अधिकारी, कृतन सिग्देल, प्रकाश प्रजापति, सुजित सिंह, सुनिल थापा, उद्धव बिष्ट रहेका छन । 

एनएसडब्लु राज्यबाट एनसीसीमा प्रतिनिधित्व गर्न एनसीसी सदस्यका लागि अनिशा गिरी, भवानी पौडेल, बिशाल पोखरेल, योगेन्द्र सापकोटा आशिष, मोहन भट्टले उमेद्वारी दिने भएका छन ।

सोहि निर्बाचनले अष्ट्रेलियाको प्रतिनिधित्व गर्न आईसीसी सदस्यहरुको समेत निर्बाचिन गर्ने छ । आईसीसी सदस्यमा राजन ढुङ्गेल क्यानवेरा, अरुण कुमार ठाकुर सिडनी, दिपक शर्मा पर्थ लगायतले सोहि समुहबाट उमेद्वार रहने भएका छन । 

कम्युनिष्ट समुहको प्रतिनिधित्व गर्दै अध्यक्षमा दिनेश पोखरेलले उमेद्वारी दिने भएका छन्। 

बिगत समयदेखि बिवाद भनिएका जनसम्पर्कहरु अहिले एनआरएनए अष्ट्रेलियाका लागि एकै ठाउँ उभिएका छन भने एमाले र माओबादी पार्टीको एकता पछि संयूक्त उमेद्वारहरुको घोषणा गरेका छन । १२ हजार सदस्यता बनाएर बिश्वमा नै सबैभन्दा ठूलो एनआरएनए भएको अष्ट्रेलियाको निर्बाचन निक्कै प्रतिष्पर्धात्मक हुने भएको छ । पछिल्लो समय नेपाली बिद्यार्थीहरुको पहिलो रोजाईको देश भएकाले पनि देश, बिदेश र नेपालबाट सबैले यो निर्बाचनलाई धेरैले नजिकबाट नियाली रहेकाछन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ