arrow

नेपालको धर्मबारे भारतमा चर्चा

बंग्लादेशमा यसरी घटिरहेको छ हिन्दूहरुको संख्या

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
nepal-india.jpg.jpeg

रामनाथी (गोवा) । नेपालको धर्म बारे भारतमा चर्चा हुन थालेको लामो समय भैसकेको छ । यसैविच अष्टम अखिल भारतीय हिन्दू राष्ट्र अधिवेशनमा नेपालको धर्मलाई लिएर प्रश्न उठेको छ । अधिवेशनमा प्रयागराज (उत्तर प्रदेश) का हिन्दू जनजागृति समितिका समन्वयक गुरुराज प्रभुले नेपालमा षड्यन्त्र रचेर धर्म निरपेक्षता बनाइएको बताएका छन् ।

३० मेदेखि सुरुभएको हिन्दू राष्ट्र अधिवेशनको क्रममा प्रभुले नेपाल हड्पनको लागि चीन प्रयत्नशील आरोप लगाए । उनले नेपालमा हिन्दू र बौद्धलााइ धर्म-परिवर्तन गर्नको लागि  सयौं चर्च सक्रिय रहेको समेत बताए ।

नेपाल धर्म निरपेक्ष भएपछि भारत विरोधी खेल सुरु भएको भन्दै उनले भने,'जब नेपालमा लोकतन्त्र आयो, तब त्यहाँको जनताले ‘हिन्दू राष्ट्र’ घोषित गरियोस् भनेर आवाज उठाए तर यस्तो नगरेर, ‘धर्मनिरपेक्ष’ शब्द राखियो । त्यहाँका शासकले नेपाली जनतालाई पछाडिबाट छुरी हाने। जबदेखि नेपाल धर्म निरपेक्ष भयो, त्यहि समयदेखि त्यहाँ भारत विरोधी शक्तिहरुलाइ बल प्रप्त भइरहेको छ ।'

 यसैगरि बंग्लादेश माइनरिटी वाचका अध्यक्ष अधिवक्ता रबिन्द्र घोषले बंग्लादेशमा हिन्दूहरुको स्थिति धेरै दयनीय रहेको बताएका छन् । घोषले भने, 'बंग्लादेशमा हिन्दू महिलामाथि बलात्कार, हिन्दूहरुको घरमा लूटपाट अथवा जलार्इ दिने, मन्दिरको तोडफोड आदि घटनाहरु प्रतिदिन हुन्छन् ।'

अधिवक्ता घोषले यहि कारण बंग्लादेशमा हिन्दूहरुको संख्या घटेको बताए । उनले भने, 'बंग्लादेश बन्दा त्यस समय १८ देखि २० प्रतिशत हिन्दू थिए। यो घटेर अब १ देखि ८ प्रतिशत हुन गएको छ ।'

 'बंग्लादेश सरकार  हिन्दूहरुको रक्षाको लागि केहि  गरि रहेको छैन । भारत सरकार अब आफ्नो निष्क्रियता छोडेर बंग्लादेशी हिन्दूहरुको रक्षातर्फ ध्यान दिनु पर्छ । बंग्लादेशमा हिन्दूहरुको लागि सुरक्षित वातावरण बनाउनको लागि हामी अन्तसम्म लडि रहनेछौं ।' घेले सुनाए र  

वर्ल्ड हिन्दू फेडरेशनको अन्तर्राष्ट्रिय अध्यक्ष अजय सिंहले हिन्दूहरुलार्इ न्याय दिलाउँनको लागि सबै हिन्दूहरु संगठित हुनुपर्ने बताए ।  उनले भने, 'हिन्दू जनजागृति समिति भारतमा हिन्दूलार्इ जागृत गर्ने अनि धार्मिक शिक्षा दिने उत्तम कार्य गरि रहेको छ ।'

पू. महंत श्रीरामज्ञानीदासजी महाराजले हिन्दूत्वको रक्षा हेतु गाउँ-गाउॅं गएर धर्म-परिवर्तन विरुद्ध कार्य गर्न आव्हान गरेका छन् ।

महात्यागी सेवा संस्थान अध्यक्ष रहेका रामज्ञानीदासजीले धर्म-परिवर्तन तथा अनेक समस्याहरु देखिसको बताए  । उनले भने 'यस्तो अवस्थामा प्रभु श्रीरामको आदर्श अगाडि राखेर हिन्दुत्वको रक्षाको लागि गाउँ-गाउँ गएर कार्य गर्नु पर्दछ ।'

भागवतकथा वाचक पू. चंद्रकांत शुक्ल महाराजले  हिन्दूहरुलाई राष्ट्र कार्यको लागि जाग्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ