arrow

माछालाई करेन्ट लगाएर मार्न खोज्ने यूवकको करेन्ट लागेरै मृत्यु

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७६ जेठ १८ शनिबार
madan_rai_photo.jpg

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ र फिदिम नगरपालिका वडा नम्बर ४ भएर बग्ने हेवा खोलमा माछा मार्ने क्रममा करेन्ट लागेर शनिवार साँझ एक युवकको मृत्यु भएको छ।

माछालाई करेन्ट लगाएर मार्ने क्रममा आफै मृत्युको मुखमा पुग्नेमा स्थानिय धन कुमार राईको छोरा २८ वर्षिय मदन कुमार राई रहेका छन् । 

रातीनै घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले जानकारी दिए।

राई उनका साथीसँग माछा मार्न हेवाखोला गएका थिए । राई हिलिहाङ गाउँपालिकाका बहुक्षेत्रिय पोषण स्वयंसेवक थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ