arrow

प्रभावन र गीतादेवी को “सपनी” मा सञ्चारकर्मी राजारामको अभिनय (भिडियो सहित)

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
rajaram-gautam-model-Sapani.jpg

काठमाडौं। लोक दोहोरी गायक प्रभावन जे र गायीका गीतादेवीको स्वरमा रहेको नयाँ लोक दोहोरी गीत “सपनी” दर्शक तथा स्रोता माझ आएकोे छ । 

गितको शब्द, संगीत, स्वर, तथा  भिडियो निर्देशन प्रभावन जे को रहेको छ भने नविन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन् ।

प्रज्ञा साउण्ड एच.डि मा रेर्कड गरिएको गितको ध्वनी सम्पादन शम्भु तण्डुकारले गरेका हुन् । म्युजिक भिडियोमा सञ्चारकर्मी तथा मोडल राजाराम गौतम, सानु पाण्डे, भुवन प्रकाश बडु र दिव्यम पौड्यालको अभिनय रहेको छ ।

दृश्य छायाँकनमा ड्रोन रोनिश तामाङले चलाएका छन् भने क्यामरा सागर गौतमको रहेको छ । म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइ, सहायक दृश्य सम्पादन अरबिट पोखरेल, मेकअप शर्मिला राईले गरेका छन् । 

काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरी धुलिखेल, बनेपा र रोशि गाउँपालिकामा म्युजिक भिडियोको छायाँकन गरिएको निर्माण पक्षले जनाएको छ ।

केहि समय अघि मात्र सत्य घटनामा आधारित जालमा फसायौ भाग १ ल्याएको डिएआर मुभिजले जालमा फसायौ भाग २ को काम सम्पादनको चरणमा रहेको र सो गीत अघि अरु केही गीतहरु पनि ल्याउने जानकारी डि.ए.आर मुभिजले गराएको छ। 

‘सपनी’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको युटुव च्यानलबाट आम श्रोता तथा दर्शक माझ ल्याईएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ