arrow

अर्थमन्त्रीले भने 'मेसिनको काम हातले गर्दा अनुसूची १ मा त्रुटी भएछ'

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
budget-khatiwada1.jpg

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट बक्तव्य पुस्तिकाको अनुसूची १ मा उल्लेखित आर्थिक वर्षको संशोधित अनुमानमा रहेको त्रुटी स्वीकार गरेका छन् । अर्थमन्त्री डा. खतिवडाले मेसिनले गर्नुपर्ने काम हातले गर्दा अनुसूची १ मा सामान्य त्रुटी रहेको भन्दै त्यसलाई सच्याईसकेको बताएका हुन् ।  

उनले संघमा रहने राजश्व संघीय सञ्चित कोषमा रहने र प्रदेश तथा स्थानीय तहमा जाने राजश्व विभाज्य सञ्चित कोषमा जाने भएपनि प्राविधिक त्रुटीका कारण प्रदेशमा जाने रकम पनि संघीय सञ्चित कोषमा नै पर्न गएको ले त्यो त्रुटी रहेको स्वीकारेका हुन् । उनले अब त्यस्ता त्रुटीहरु नदोहोरिनेगरी काम अघि बढाईएको पनि जानकारी दिएका छन् । अर्थमन्त्री खतिवडाले त्यो त्रुटी अहिले सच्चिईसकेको भन्दै समग्र बजेटमा कुनैपनि असर नगर्ने स्पष्ट समेत पारेका छन् । त्यसमा एउटा अंक मिलाएपछि सबै मिलिजाने जानकारी समेत उनले दिएका छन् । 

अर्थमन्त्री खतिवडाले बजेटको समयमा मन्त्रालयले २२ वटा पुस्तिका छोटो समयमा नै निकाल्नु पर्ने भन्दै हतारमा काम गर्नुपर्दा कहिलेकाहिँ भवितव्य हुन आएको बताए । यद्यपि यसमा अर्थमन्त्रालय अब सचेत रहेको भन्दै त्यस्तो भवितव्य अब नपर्ने समेत बताएका छन् । उनले रातो कितावमा पनि केही मिलाउनु पर्ने भएको भन्दै आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा केही पनि समस्या नभएको बताएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ