ट्रकले पेलेपछि राजारामले श्रीमतीलाई गरे भिडियो कल

प्रकाशित मिति : २०७६ जेठ १९ आइतबार

भारत। बेगूसरायको नेशनल हाईवे-२८ मा  एयरफोन लगाएर मोटरसाइकल चलाइरहेका युवकको ट्रकसँग ठोक्किएपछि मृत्यु भएको छ  ।

ट्रकको ठक्करबाट सडकमा लडेका राजाराम पण्डितलाई ट्रकले पेलेर एउटा खुट्टा तिघ्राबाटै छिनाएको थियो। घटनासँगै उनले श्रीमतीलाई भिडियो कल गरेका थिए ।  उनले आफ्नो स्थिती देखाउन श्रीमतीलाई भिडियो कल गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार एयरफोन लगाएर बाइक चलाइरहेका पण्डितले ट्रकको हर्न नसुन्दा दुर्घटना भएको हो । तीन वर्ष अघि मात्रै विवाह गरेका पण्डित श्रीमतीलाई भिडियो कल गर्नेबित्तिकै बेहोस भएपछि उनलाई पुलिसले बेगूसरायस्थित अस्पताल पुर्याए पनि उनको मृत्यु भएको जनाइएको छ ।

राजरामको  तीन वर्ष अघि मात्रै विवाह भएको थियो । उनकी सात महिनाकी छोरी रहेको घटनास्थलमा पुगेका परिवारका सदस्यका जनाएका छन् ।

नयाँ