arrow

संसदमै पटक पटक लडेका सांसदको माग, 'मेरो ज्यान जोगाईपाउँ'

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
khagaraj-news.JPG

काठमाडौं । नेकपा सांसद खगराज अधिकारीले आफू संसदमा नै चारपटक लडिसकेको गुनासो गरेका छन् । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता अधिकारीले संसद सचिवालयले आफूहरु बस्ने गरेको सिटलाई व्यवस्थित नबनाईदिँदा संसदमा ४ पटक लडेको बताएका हुन् । 

उनले संसदमा भाँचिएको कुर्सी नै देखाएर यसलाई यथासक्य चाँडो बनाईदिएर आफू र सांसदहरुको ज्यानको सुरक्षा दिन माग गरेका हुन् । उनले अहिलेसम्म दूर्घटना नभएकोले बँचिएको भन्दै जुनसुकै दिन पनि यहाँ दूर्घटना हुनसक्ने चिन्ता जाहेर गरेका छन् । 

आफूहरुले पटक पटक यस विषयमा गुनासो गर्दा पनि संसद सचिवालयले यस्ता कुर्सीहरु नहटाएको भन्दै उनले अबका दिनहरुमा कम्तिमा यस्ता कुर्सीहरु नराखिदियोस् भन्दै आग्रह गरेका छन् । यसरी उनले ज्यानको सुरक्षाको बारेमा कुरा गरिरहँदा सभामुख महरा भने हाँसिरहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ