arrow

मोदीको शपथबाट हातमा चप्पल लिएर फर्किइन् शाहिदकी श्रीमती मीरा

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
mira.jpg

काठमाडौं । शाहिद कपूरकी श्रीमती मीरा राजपूत स्टाइलको मामिलामा कुनै पनि बलिउड अभिनेत्रीभन्दा कम छैनन् । तर, हालसालै उनले मुम्बई एयरपोर्टमा हातमा चप्पल बोकेर हिँडेको दृश्य देखिएको थियो । उनको यो तस्वीर समाजिक सञ्जालमा भाइरल भइरहेको छ । नाङ्गै खुट्टा हिँडेकोमा सामाजिक सञ्जालका प्रयोगकर्ताले उनले धेरै ट्रोल बनाएका छन् ।

यो तस्वीर मीरा दिल्लीबाट प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी भएर फर्किँदै गर्दा लिइएको थियो । मुम्बई एयरपोर्टमा उनका साथै शाहिद कपूर पनि साथै देखिएका थिए । तस्वीरमा उनी नाङ्गै खुट्टाले हिँडिरहेकी देखिन्छिन् । दिल्लीमा शपथ समारोह र यात्राको कारण उनी थाकेकी थिइन् । त्यसैले उनले आफ्नो हाई हिल्सलाई हातमा लिएकी थिइन् ।

सामाजिक सञ्जालमा भाइरल भएको ट्रोलमा केहीले मीराको नाटक भएको बताएका छन् भने केहीले भने उनको सपोर्टमा पनि बोलेका छन् । एक प्रयोगकर्ताले यति लामो यात्राका लागि अर्को सामान्य किसिमको चप्पल पनि आफूसँगै उनले राख्नुपर्ने बताएका छन् । उनले सामान्य मानिसलाई पनि थकान हुन्छ तर कहिल्यै पनि चप्पल हातमा लिएर हिँड्दैनन् भन्ने प्रतिक्रिया दिएका छन् ।

अर्का एक प्रयोगकर्ताले उनले जे गरेपनि त्यो फेशन हो भन्दै व्यंग्य गरेका छन् । त्यस्तै उनको पक्षको बचाउ गर्दै एक प्रयोगकर्ताले उनलाई जे इच्छा लाग्छ, त्यो उनले गर्ने बताएका छन् । यस किसिमको फोटोलाई तमाशा बनाउनुपर्ने केही कारण नरहेको उनको बुझाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ