arrow

सत्तारुढ नेकपाका वडा सदस्यका उम्मेदवारसहित दुई दर्जन भन्दा बढी कार्यकर्ता कांग्रेसमा

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
jagaran.jpg

ललितपुर। हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम अन्तिम चरणमा पुगेको छ। नेपाली कांग्रेस ललितपुरले राष्ट्रिय जागरण अभियानलाई सहरदेखि गाउँसम्म कार्यक्रम गर्दै लगेको छ।

वैशाख २५ गते अशोक पार्टी पालेसबाट सुरु गरेको राष्ट्रिय जागरण अभियान जेष्ठ २४ गते मंगलबजारमा विशाल आमसभा गरेर समापन गर्दैछ। यसैक्रममा ललितपुर कांग्रेसले बागमती गाउँपालिका स्तरीय जागरण अभियान कार्यक्रम सञ्चालन गरेको छ। 

ललितपुर कांग्रेसले संचालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत बागमती गाउँपालिकामा नेकपा र राप्रपा पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको लहर लागेको छ। बागमती गाउँपालिकाको भट्टेडाँडा प्युटारमा भएको जागरण अभियानमा नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी २ दर्जन भन्दा बढी कांग्रेसमा प्रवेश गरेका छन्।

प्रवेश गर्नेहरुमा पूर्व एमाओवादीबाट वडा सदस्यका उम्मेदवार समेत रहेका केवलप्रसाद तिमल्सिना, दीपक घिमिरे, नवराज घिमिरे, रुपक नेपाली, टिका बहादुर खड्का,अजय गोले, कमल नेपाली, जमुना खड्का, चन्द्रबहादुर लो, रञ्जना खड्का रहेका छन्।

त्यस्तै शिवप्रसाद दाहाल राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका छन्। उनीसँगै नेकपाबाट शोभित सापकोटा, दिपक स्याङ्तान, राजु मोक्तान, रोशन मोक्तान, रुद्र प्रसाद तिमल्सिना, नवराज अधिकारी, जयबहादुर सिंगार, दिपेन्द्र सिंगार, कमल बहादुर भुलुन, रोशन लामिछाने, राजकुमार भुलुन, सुवास जिम्बा, रमेश मोक्तान, दिपेन्द्र मोक्तान र तुलप्रसाद बजगाईं रहेका छन्।

नवप्रवेशीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय जागरण अभियानका केन्द्रिय प्रतिनिधि सुरेन्द्रराज पाण्डे, नेपाली काँग्रेस ललितपुरका जिल्ला सभापति मदनबहादुर अमात्य, पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणा, प्रदेशसभा सदस्यका उम्मेदवार मीनकृष्ण महर्जन ऋषिराम घिमिरे लगायतका नेताहरुले फूलमाला र टिका लगाएर कांग्रेसको सदस्यता वितरण गरी पार्टी प्रवेश गराएका हुन्।

कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले चुनाव हारेपछि पार्टीका गतिविधि घटेको स्वीकार्दै विकास निर्माणले मात्रै चुनाव नजित्ने भएकाले सङ्गठन पनि बलियो हुनुपर्ने पाठ आफुले सिकेको बताए। उनले अहिलेको सरकार स्थानीय तहलाई कमजोर बनाउन लागिपरेको बताए ।

नेपाली काँग्रेसका जिल्ला सभापति मदनबहादुर अमात्यले नेपाली कांग्रेसको संगठन केही समय सुस्ताएको तर पार्टी कमजोर नभएको बताए। उनले पार्टी भित्र अन्तर्घात गर्नेहरुलाई एक वर्ष कुनै पनि कार्यक्रममा सहभागी नगराउने उद्देश्यले पार्टीमा कुनैपनि गतिविधि नगरेको बताए। उनले नेपाली कांग्रेसको इकाई भवन निर्माण गर्न आफ्नो व्यक्तिगत तर्फबाट प्रत्येक एकाईलाई ५० हजारका दरले सहयोग गर्ने घोषणा समेत गरे। 

राष्ट्रिय जागरण अभियानका केन्द्रिय प्रतिनिधि केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गाउँ,वडामा कार्यक्रम गर्न, संगठन बिस्तार गर्न केन्द्रको निर्देशन पर्खनु नपर्ने बताए।गतिशीलता नहुनु, अन्तरघात हुनु, संगठन कमजोर हुनु कारण कांग्रेसले अहिलेको निर्वाचनमा पराजित हुनुपरेको बताउँदै नेता पाण्डेले कांग्रेसले ल्याएको आर्थिक निति र विचारले विजय प्राप्त गरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ