arrow

सिड्नीमा स्वास्थ्य चेतना कार्यक्रम 

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
medical3.jpg

सिड्नी । अष्ट्रेलियाको सिड्नीस्थित मिन्टोको कम्युनिटी हलमा भब्य रुपले स्वास्थ्य जनचेतना कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा अष्ट्रेलियामा रहेका विभिन्न पेशामा दक्षता हासिल गरेका नेपाली मुलका वरिष्ठ चिकित्सक, अष्ट्रेलियन सरकारका सांसद, क्याम्पवलटाउन काउन्सीलका मेयर, उपमेयर, काउन्सलर, वरिष्ठ वकिल, पत्रकार, समाजका अगुवा, एनआरएनका पदाधिकारी, र आसन्न निर्वाचनका उम्मेदवारहरु, नेपालबाट आएका अभिभावक र विद्यार्थीहरुको भब्य उपस्थिति थियो । 

सिड्नीका अन्य सवअर्वमा एनआरएनएको आसन्न निर्वाचन र त्यसको राजनीतिक सरगर्मी अनि चुनावी गठजोडमा समाजका अगुवाहरु ब्यस्त भइरहेको दक्षिण पश्चिम सिड्नीको मिन्टोमा भेला भएका नेपालीहरु भने एउटा भिन्नै र असल कार्यक्रमको शुभारम्भ गरेर राजनीतिक खिचातानीमा ब्यस्त नेपाली समाजको भिडमा एउटा उदाहरण बनिरहेका थिए । 

न त कुनै उग्रराजनीतिक भाषण थियो न त कसैप्रति आरोप प्रत्यारोप गरिएको थियो, यो त केवल नेपाली विशेषज्ञ चिकित्सकहरुले नेपालीहरुहरुलाई लक्षित गरि आयोजना गरिएको स्वास्थ्य चेतना कार्यक्रमको भब्य र सभ्य उदाहरण थियो । 

ल्युमिया नेपलीज कम्युनिटीको सहआयोजनामा साउथवेस्ट नेपलीज कम्युनिटीले आयोजना गरेको स्वास्थ्य जनचेतना कार्यक्रम साच्चिकै शिक्षाप्रद भएको उपस्थित सहभागिहरुले बताएका थिए ।

कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै साउथवेस्ट नेपलिज कम्युनिटीका अध्यक्ष डा। देवेन्द्र सापकोटाले समुदायको स्वास्थ्य, शिक्षा, सांस्कृतिक पहिचान र धार्मिक तथा सामुदायिक कार्यक्रम संचालनका लागि कार्ययोजना अगाडी वढाएर लैजाने प्रतिवद्धता ब्यक्त गरे । 

 ‘हामी दक्षिण पश्चिम सिड्नीमा वसोवास गर्ने नेपालीहरुको वृहतरहितका लागि कार्य गर्न लागिपरेका छौं र यसमा काउन्सीलको सहयोगात्मक भुमिकाको अपेक्षा गरेका छौं’, उनले भने, ‘निकट भविश्यमै यस भेगका नेपालीहरुलाई लक्षित गरि आयोजना हुने विविध कार्यक्रमका लागि एउटा सामुदायिक भवनको खाचो रहेको छ र त्यसमा काउन्सीलको सहयोगात्मक भूमिकाको अपेक्षा गरेका छौं ।’

कार्यक्रमका सहआयोजक ल्युमिया नेपलिज कम्युनिटीका अध्यक्ष प्रकाश हुमागाईले स्वास्थ्य जनचेतना जस्तो महत्वपूर्ण र शिक्षाप्रद विषय विशेष गरेर नेपाली समाजमा अत्यन्त आवश्यक रहेको र यस्ता कार्यक्रममा विभिन्न नाममा छरिएर रहेका नेपालीहरु एकढिक्का भई निकट भविश्यमा पनि निरन्तरता दिनुपर्ने बताए । 

‘समुदायका नाममा हामी धेरै राजनीतिक टिकाटिप्पणी र खिचातानीका कुरा गरेर समय ब्यतित गरिरहेका छौं, तर स्वास्थ्य, शिक्षा, सांस्कृतिक पहिचान जस्ता कार्यक्रम गरेर समाजमा नयाँ पहिचान वनाउन पनि हामी एकजुट हुनुपर्न समय आइसकेको छ, त्यसैले ल्युमिया नेपलीज कम्युनिटी निकट भविश्यमै अन्य समुदायसंगको सहकार्यमा यस्ता विविध रचनात्मक कार्यक्रम गर्ने कार्ययोजनाका साथ अघि बढिरहेको छ’, उनले भने । 
 
कार्यक्रमका प्रमुख अतिथि क्याम्पवलटाउन सिटी काउन्सीलका मेयर जर्ज व्रिटसेभिकले स्वास्थ्य जनचेतना जस्तो महत्वपूर्ण कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाली समुदायले गर्ने कार्यक्रममा काउन्सील सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता जनाए । 

कार्यक्रममा न्यु साउथ वेल्स राज्यका सांसद एनालक च्यान्टिभोंग, क्याम्पवलटाउन सिटीका उपमेयर रे लाउन्ड, सांसद पिटर सिडग्रिभ्स, क्याम्पवलटाउन काउन्सीलका काउन्सल मसुद चौधरी, नेपाल पत्रकार महासंघ अष्ट्रेलियाका संयोजक हेमन्त काफ्लेलगायतले कार्यक्रमको सफलताका लागि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

आर्कषणका केन्द्रविन्दु चिकित्सकहरु 

कार्यक्रमका मुख्य आर्कषक बनेका थिए डा कुमुद धिताल र डा सिताराम जोशी  । मुटु प्रत्यारोपण मार्फत विश्वमै चर्चित बनेका डा धितालले कार्यक्रममा मुटुरोग र असल स्वास्थ्य सम्वन्धी विविध जानकारी मुलक सामाग्रीहरु प्रस्तुत गरेर सहभागीहरुलाई उत्साहित बनाएका थिए । 

अर्का चिकित्सक सीताराम जोशीले ‘जेरियाटीक स्वास्थ्य’ सम्वन्धी प्रस्तुतीलाई अत्यन्त सरस, आर्कषक र सरल ढंगवाट प्रस्तुत गरेर चेतना कार्यक्रममा सहभागिहरुलाई हौस्याएका थिए । 

अर्का डाप्रविण पाठकले ‘पुरुष स्वास्थ्य र प्रोस्टेट स्क्रिनिंग सम्वन्धी, डा। वावुराम वस्ताकोटीले मधुमेह जाँच, परीक्षा र उपचार सम्वन्धी, डा रुपेश केसीले दाँत सम्वन्धी, डा महेन्द्र नेपालले मानसिक रोग सम्वन्धी र डा अन्जु पाण्डेले पाठेघरको क्यान्सर सम्वन्धी विभिन्न चेतनामुलक प्रस्तुति दिएका थिए ।

त्यस्तै फरमिला सापकोटाको ‘स्तन क्यान्सर र उपचार’ सम्वन्धी प्रस्तुतिले उपस्थित अभिभावक र विशेष गरेर महिला सहभागिहरुका लागि शिक्षाप्रद रहेको कार्यक्रममा सहभागि जानकी रानाभाटले  वताईन् ।

 कार्यक्रमका संयोजक सुदिप ढकालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहआयोजक, स्पोन्सरड र सहभागीहरुलाई धन्यवाद दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ