arrow

उपसभापति निधि निर्वाचन पर्यवेक्षणका लागि डेनमार्क प्रस्थान

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
bimalendra_nidhi_final.jpg

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि यहि बिहीबार हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि सोमबार डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका छन् । 

डेनिस इन्स्टिच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी) को निम्तोमा उपसभापति निधि कोपनहेगन प्रस्थान गरेका हुन् । डेनमार्क भ्रमणका क्रममा निर्बाचनको अघिल्लो दिन उनले इलेक्सन अभियानको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

त्यसक्रममा उपसभापति निधिले त्यहाँका मतदाता, युवा, महिला लगायतका समूहसंग भेटेर कुराकानी गर्नेछन् । यसैगरी चुनावको दिन बिहीबार मतदान मतदान स्थलमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको छ । उपसभापति निधिले चुनाबको भोलिपल्ट राजनीतिक दलका नेताहरुसंग अन्तरक्रिया गर्नेछन् । 

नेपाल डेनमार्क बाहिर बनेको डीआइपीडीको पहिलो सदस्य मुलुक हो । जसलाई सन् २०१० मे २६ मा त्यहाँको संसदले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसदले सन् २०१२ मा बिभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको दलहरुको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।
 
नेपालजस्तो विकासशील मुलुकमा प्रजातान्त्रिक शासन व्यबस्थाको सवलीकरणका लागि दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता अनुसार डेनर्माको संसदले यो संस्था गठन गरेको हो । यो संस्थाले मुलुकमा दलहरुबीचको सहकार्यमा जोड दिने गर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ