arrow

साउदी राजकुमार बनेर ३० वर्षसम्म ठगी, सुँगुरको मासुले खुल्यो पोल

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
anthony1.jpg

काठमाडौं । अमेरिकामा करीब ३० वर्षसम्म साउदी राजकुमार बनेर करोडौं ठग्ने ठगको पर्दाफास भएको छ । फ्लोरिडाको अदालतले एन्थोनी गिग्नेक नाम गरेका यी व्यक्तिलाई धोकाधडीको मामिलामा १८ वर्षको जेल सजाय सुनाइएको हो ।

४८ वर्षीय गिग्नेकले आफूले आफैंलाई साउदी राजकुमार भएको बताउँदै ८० लाख डलर ठगी गरेका थिए । अदालतको दस्तावेजअनुसार केही मुलुकमा उनलाई यसअघि नै धोकाधडीको मामिलामा सजाय सुनाइसकिएको छ । सरकारी निगरानीमा रहने सजायको क्रममा पनि उनले खालिद बिन अल–साउदको नामबाट ठगी गरेका थिए ।

मानिसलाई भरोशा दिलाउन उनी साउदी पारम्परित पहिरनमा साथै महँगो घडी र आभूषण लगाउने गर्थे । मानिसलाई जालमा पार्न उनी धेरै पटक आफ्नो निजी विमानबाट पनि यात्रा गर्ने गर्थे । उनले आफ्नो बिजनेश कार्डमा पनि नामको अगाडि सुल्तान लेखेका थिए । शाही प्रोटोकल भन्दै उनी आफ्ना लगानीकर्तासँग महँगा उपहारको माग गर्ने गरेका थिए । गिग्नेकले लगानीकर्तालाई विश्वभरको यस्तो कम्पनीमा पैसा हाल्न लगाएका थिए, जसको कुनै अस्तित्व छैन ।

गिग्नेकको जन्म कोलम्बियामा भएको थियो । सात वर्षको उमेरमा अमेरिकाको मिशिगन राज्यको एक दम्पत्तिले उनलाई आफ्नो धर्मपुत्र पालेका थिए । १७ वर्षको उमेरदेखि उनले आफैंलाई शाही परिवारको सदस्य बताउँदै ठगी गर्न शुरु गरेका थिए । शुरुमा उनले क्रेडिट कार्ड कम्पनीलाई निशाना बनाएका थिए ।

सन् २०१७ मा उनी मियामीको एक होटलमा लगानी गर्न चाहन्थे । यस विषयमा भइरहेको कुराकानीको क्रममा होटल मामिकलाई उनीमाथि शंका भएको थियो । किनकी त्यतिबेला उनी सुँगुरको मासु खान पनि तयार देखिएका थिए । होटल मालिकले निजीस्तरमा छानबिन गर्दा गिग्नेकको वास्तविक पहिचान खुलेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ