arrow

लुकीलुकी अमिताभलाई भेट्न जाँदाजाँदै रेखाले लगाइन् सिन्दूर

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
amitab-rekha-jaya.jpg

काठमाडौं । भारतीय अभिनेता अमिताभ बच्चन सन् १९७३ मा जया बच्चनसँग विवाह बन्धनम बाँधिएका थिए । त्यसबेलादेखि यो जोडीले आफ्नो साथ निभाउँदै आएको छ । यो परिवारको विषयमा खासै धेरै कुरा बाहिर आउँदैनन् । तर, एकपटक यो जोडीको सम्बन्धबारे केही कुरा बाहिर आएका थिए ।

कुनै समय अमिताभको निकै नजिकको व्यक्ति मानिएका अमर सिंहले बच्चन परिवारको विषयमा निकै महत्वपूर्ण खुलासा गरेका थिए । अमर सिंहका अनुसार अमिताभ बच्चन र जया बच्चनको सम्बन्ध बिग्रिएको थियो र उनीहरु सँगै बस्दैनथे । उनले ऐश्वर्या र जयाको सम्बन्ध पनि ठीकसँग नचलेको बताएका थिए ।
 
यति धेरै आरोपको बीचमा पनि अमिताभ र जयाले खुलेर केही कुरा भने बताएका थिएनन् । फिल्म जंजीरपछि अमिताभ र जयाको प्रेम कहानी शुरु भएको थियो । अमिताभ विवाहअघि केही समय बिताउन चाहन्थे तर पिताको आज्ञालाई मान्दै उनले जयासँग छिटै नै विवाह गरेका थिए ।

अमिताभले सन् १९७६ मा रेखासँग ‘दो अनजाने’ फिल्मको शुटिङ शुरु गरेका थिए । यो क्रममा रेखा र अमिताभ एक साथीको घरमा सधैं भेट्ने गर्थे । ऋषि कपूर र नीतू सिंहको विवाहमा रेखा सिउँदोमा सिन्दूर लगाएर पुगेको घटनाले यसलाई थप मलजल गरेको थियो ।

यसैबीच जयाले पनि एक अन्तर्वार्तामा अमिताभले आफूसँग विवाह गरेको र आफूसँग लुकाएर उनले अर्को सम्बन्ध राखेको खण्डमा त्यो उनको समस्या हुने र यसको परिणाम पनि उनले भोग्नुपर्ने बताएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ