arrow

नेपाललाई रोजगारीको गन्तव्य स्थल बनाईनु पर्दछ  

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
dila-sangraula1.jpg

काठमाडौं। नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले नेपाललाई रोजगारीको गन्तव्य बनाउनेतर्फ सरकारको ध्यान आकर्षित गराएकी छिन्।  

'श्रम क्षेत्रमा देखिएको अव्यवस्था र विकृतिलाई अन्त्य गरिनु पर्छ'  डा. संग्रौलाले  संसदको शून्य समयमा भनेकी छिन्, 'नेपालको एक प्रमुख रोजगार गन्तव्य, मलेसियाको वैदेशिक रोजगारी रोकिएसँगै लाखौं नेपाली युवाहरु रोजगारीको लागि मलेसिया जान बन्चित भएका छन् तर रोजगारी खुलाउनेतर्फ सरकारको पहल देखिएन भने नेपालमा पनि नेपाली युवाहरुले रोजगारी पाउने वातावरण सृजना भएको छैन ।'

डा. संग्रौलाले सरकारको ध्यान आकर्षण गर्दै भनिन् ‘सरकारले पाँचलाखलाई रोजगारी सिर्जना गर्ने भनिएको छ । तर नेपालीहरु विदेशिने क्रम रोकिएको छैन  । नेपाललाई कहिले रोजगारीको गन्तव्यस्थल बनाउने सभामुख मार्फत सरकारको ध्यानकर्षण गर्न चाहन्छु।‘

डा. संग्रौलाले मिति २०७६।२।२० गते बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सरकारको ध्यानाकर्षण गराएकी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ