arrow

'हिन्दू राष्ट्रका लागि सामाजिक सञ्जालबाट योद्धा भर्ती'

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
ABHA_D7_Ph1.JPG

काठमाडौं । हिन्दू राष्ट्रको लागि सामाजिक सञ्जालको माध्यमबाट वैचारिक योद्धा तैयार सुरु गर्नेुपर्ने  रितु राठौडले बताएकी छन् । सामाजिक माध्यमबाट धर्मप्रचार गर्ने राठौडले भनिन्,' हिन्दू धर्ममाथि हुने आघातहरुको विरुद्ध आवाज उठाउन प्रत्येकको कर्तव्य हो । काल अनुसार  हाम्रोसाथ जुन साधन उपलब्ध छ, त्यसको उपयोग गरि हिन्दू राष्ट्रको संकल्पना फैलाउन आवश्यक छ । वर्तमान कालमा न्यायालय, विश्वविद्यालय देखि लिएर प्रत्येक स्थानमा वामपन्थी विचार व्यक्तिहरुले प्रभुत्व छ । वामपन्थी विचारलाई विरोध गरि हिन्दू राष्ट्रको  विचारधारा प्रचार गर्नको लागि ट्विटर, फेसबुक अनि व्हाट्सएप’, जस्ता सामाजिक माध्यमहरुलाई प्रभावी ढङ्गमा उपयोग गर्नुपर्छ । अब हिन्दूहरुले सामाजिक माध्यमद्वारा हिन्दू राष्ट्रको लागि लड्न वैचारिक योद्धा तयार गरि सङ्घर्ष आरम्भ गरौ ।'  

 अष्टम अखिल भारतीय हिन्दू राष्ट्र अधिवेशनको पाँचौ दिन हिन्दू जनजागृति समितिका सामाजिक सञ्जाल संयोजकविश्वनाथ कुलकर्णीले प्रस्तावना पेश गरेका छन् । ‘सामाजिक सञ्जाल सभा’ को लागि भारत तथा बांगलादेश बाट २५० भन्दा अधिक हिन्दुत्वनिष्ठ सम्मिलित थिए ।

कार्यक्रममा सहभागी इन्डस स्क्रोल डट कमकी सहसम्पादिक रती हेगडेले सामाजिक माध्यममा आएका जानकारीको सत्यता जाचेर मात्र त्यसको प्रसार गर्न आग्रह गरिन्  । उनले भनिन्, 'जब अङ्ग्रेज भारतमा प्रवेश गरे, तब हिन्दूहरुको सामुन्य केवल ‘सांताक्लॉज’ (Santa Claus), ‘ख्रिसमसट्री’(X-mas tree), जस्ता ईसाई प्रतीक राखियो । यसको नतिजा, हाम्रो तीन पीढीहरु सामुन्य हिन्दूको आदर्श अनि प्रतीक हराएर गए । त्यसैले बच्चालाई कम उमेरदखि नै हिन्दू संस्कृति, धर्मको विषयमा पञ्चतन्त्र, महाभारत जस्तो साहित्य अवश्य पढाउनुहोस् । सामाजिक माध्यममा धेरै पटक झूटो समाचार प्रचार गरिन्छ; त्यसलाई प्रचार गरेमा हामीमा विश्वसनीयता घट्न सक्दछ । त्यसैले सामाजिक माध्यममा मिल्ने जानकारी प्रचार गर्नु अघि विश्वसनीयता सुनिश्चित गर्नुपर्छ ।'

सो अवसरमा मुम्बईकी मीनाक्षी शरणले भनिन् , ‘‘ईसाई एवं मुसलमानले हिन्दू संस्कृतिमा आक्रमण गरि सत्य इतिहास नष्ट गरे । यसको प्रतिकार गर्नको लागि हिन्दूलाई हाम्रो सनातन संस्कृतिको सत्यता अनि ऐतिहासिक तथ्य जानकारी सामाजिक माध्यमबाट प्रचार गर्नु आवश्यक छ ।’’
 
पुणेका ‘ग्लोबल कश्मिरी पंडित डायसपोरा’ का  रोहित काचरूले ‘विश्वस्तरमा कश्मिरी हिन्दूको समस्या प्रस्तुत गर्नको लागि प्रयत्न अनि मिलेको सफलता’ यस विषयमा र तेलंगाना राज्यको शिवसेना प्रमुख टी.एन्. मुरारीले ‘शबरीमलाको धार्मिक परम्परा तोड्ने षड्यन्त्र विरुद्ध गरिएको आन्दोलन’, को विषयमा आफ्नो विचार व्यक्त गरेका थिए ।

हिन्दू जनजागृति समितिको सामाजिक सञ्जाल विभागको संयोजक प्रदीप वाडकरले ‘हिन्दू जनजागृति समितिद्वारा  सामाजिक माध्यममा चलाइने अभियान अनि त्यसबाट मिलेको सफलता’ र हिन्दू जनजागृति समितिको राष्ट्रीय प्रवक्तारमेश शिंदेले ‘हिन्दू राष्ट्र स्थापनाको मूल विचार’ को विषयमा मार्गदर्शन गरे।

अधिवेशनको समय चलाएको #WeSupportPunalekar यो ट्विटर ट्रेन्ड भारतमाचौथो स्थानमा थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ