arrow

२४ वर्षअघि नै बिल गेट्सले गरेका थिए यस्तो भविष्यवाणी

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
bill-gates.jpg

काठमाडौं । सामाजिक सञ्जालमा अहिले विभिन्न किसिमका समाचारको बाढी आउने गरेको छ । तर, धेरैजसो समाचार गलत हुने गरेका छन् । त्यसका साथै युट्युब–नेटफ्लिक्समा पछिल्लो फिल्म तथा भिडियो सजिलै हेर्न सकिन्छ ।

२४ वर्ष अगाडि नै माइक्रोसफ्टका संस्थापक बिल गेट्सले अहिलेको गलत समाचार र सामाजिक स्ट्रिमिङ सेवाको भविष्यवाणी गरेका थिए । सन् १९९५ मा गेट्सले जीक्यु म्यागाजिनको जर्नलिस्ट टेरी प्रैशेलाई दिएको अन्तर्वार्तामा उनले यस्तो भविष्यवााणी गरेका थिए । त्यतिबेला उनी ३९ वर्षका थिए । त्यतिबेला उनलाई फोर्ब्सले विश्वको सबैभन्दा धनी व्यक्ति चुनेको थियो ।

त्यतिबेला उनको सम्पत्ति १२ अर्ब ९० करोड डलर थियो । अहिले गेट्स विश्वका दोस्रो सबैभन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति ९९ अर्ब ६० करोड डलर छ । अन्तर्वार्ताको क्रममा उनले मनोरञ्जनको तरिका फेरिने बताएका थिए । त्यतिबेला निकै चलेका भीसीआर–डीभीडी १० वर्षमा गायब हुने उनको अनुमान थियो । उनले अन्तर्वार्ताको ४-५ वर्षमा अर्को कुनै डिस्क प्लेयर आउने र डीभीडीको स्थान लिने बताएका थिए । साथै त्यसपछि आउने स्ट्रिमिङ भिडियोले भीसीआरलाई प्रयोगहीन बनाउने उनको भनाइ थियो ।

गेट्सको अन्तर्वार्ताको १० वर्षपछि सन् २००५ मा युट्युबको स्थापना भएको थियो । सन् २००७ मा नेटफ्लिक्सले फिल्मको शोलाई अनलाइनमा देखाउने बताएको थियो । अहिले नेटफ्लिक्समा १५ करोड सब्सक्राइबर्स छन् । यसै समयमा प्रत्येक महीना २ अर्बभन्दा बढी मानिसले युट्युबमा भिडियो हेर्ने गरेका छन् । गेट्सले उक्त अन्तर्वार्तामा गलत समाचार पनि उल्लेख्य मात्रामा फैलिने तर, त्यसको वैधता जाँच गर्ने अधिकार प्रयोगकर्तामा रहने उल्लेख गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ