arrow

एमबीबीएस अन्तिम वर्षका विद्यार्थी शिशिर शुक्रबारदेखि सम्पर्कविहीन, खोजीका लागि हारगुहार

logo
प्रकाशित २०७६ जेठ २१ मंगलबार
sishir-khanal.jpg

काठमाडौं । चिकित्सा शिक्षा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत शिशिर खनाल शुक्रबार (जेठ १७ गते) देखि सम्पर्कविहीन भएका छन् ।

उनी काठमाडौंको तीनकुनेबाट सम्पर्कविहीन भएका हुन् । २४ वर्षे शिशिर घरबाट बाहिर निस्कदा बा ८७ प ७८०४ नम्बरको रातो रंगको पल्सर मोटरसाइकलमा गएको परिवारले जनाएको छ । 

शिशिरकी आमा बिबिकाले छोरा सम्पर्कविहीन हुनु अगाडि त्यस्तो कुनै पनि कारण नभएको र पछि सम्पर्क पनि नभएको बताएकी छिन् । खोजीका लागि विभिन्न प्रयास भए पनि अहिलेसम्म सम्पर्कमा नआएको उनले बताएकी छिन् । 

परिवारसंगै उनका साथीभाइहरुले समेत खोजीका लागि हारगुहार गरिरहेका छन् । प्रहरीले उनको मोबाइल ट्रेस गर्दा ललितपुरको धोबीघाट आसपास लोकेसन देखाएको बताए पनि अहिलेसम्म फेला पार्न सकेको छैन । 

उनका बारेमा जानकारी दिनका लागि परिवारका साथै साथीहरुको मोवाइल नम्बरसमेत दिइएको छ । 

२४ वर्षे शिशिर केएमसीमा एमबीबीएसको फाइनल इयरका विद्यार्थी हुन् । उनी राजधानीको तीनकुनेमा बस्दछन् ।

उनको स्थायी घर भने अर्घाखाँचीको ढाकाबाङ हो । उनका साथी सागर श्रेष्ठले अहिलेसम्म शिशिरलाई फेला पार्न नसकिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

उनका बारेमा पाएको जानकारी दिनका लागि यी नम्बरहरु (९८४७५०९२४४, ९८४७१५६७७२ र ९८४३०६०९७९) मा सम्पर्क गर्न पनि विनम्र आग्रह गरिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ