arrow

भारत, अष्ट्रेलिया र पाकिस्तानलाई हराउँदै न्यूजिल्याण्ड विश्वकप टि–२० को सेमिफाइनलमा

एक खेल अगावै सेमिफाइनल यात्रा तय

logo
प्रकाशित २०७२ चैत १० बुधबार
New-Zealand-win.jpg.jpeg
एजेन्सी । लगातार तीन खेल जित्दै न्यूजिल्याण्ड भारतमा जारी विश्वकप टि–२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । मंगलबार राति मोहालीमा पाकिस्तानविरुद्ध २२ रनको रोमाञ्चक जित निकाल्दै न्यूजिल्याण्ड एक खेल अगावै विश्वकप टि–२० को सेमिफाइनलमा पुगेको हो । 
 
टस जितेर पहिले व्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओरमा ५ विकेट गुमाएर १ सय ८० रन बनायो । ओपनर मार्टिन गुप्टिलले बनाएको ८० रन नै न्यूजिल्याण्डको जितका लागि महत्वपूर्ण सावित भयो । गुप्टिलले ४८ बलमा ६ छक्का र १० चौकाको मद्दतले उच्च स्कोर बनाए । यस्तै रोस टेलरले अविजित ३६ रन बनाए । बलिङतर्फ पास्तिानी बलर मोहम्मद सामी र शाहिद अफ्रिदीले समान २–२ विकेट लिए ।
 
१ सय ८१ रन रनको चुनौती पछ्याए जवाफी व्याटिङ गरेको पाकिस्तान निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रनमै खुम्चियो । पाकिस्तानका लागि ओपनर सर्जिल खानले ४७ रन बनाए । दोस्रो विकेटका लागि अमहद शेहजादले ३० रन जोड्दा चौथो विकेटका लागि उमर अकमलले २४ रन बनाए ।  बलिङतर्फ न्यूजिल्याण्डका मिचेल सान्टनर र एडम मिल्नेले समान २–२ विकेट लिए । खेलमा दुवै टोलीको पाँच–पाँच विकेट गयो । यद्यपि, जित न्यूजिल्याण्डकै पक्षमा रहयो । 
 
न्यूजिल्याण्डले पाकिस्तानलाई मात्रै हराएन दावेदार भारत र अष्ट्रेलियालाई समेत स्तब्ध बनायो । नागपुरमा भएको खेलमा आयोजक भारत ४७ रनले स्तब्ध भएको थियो । यस्तै, धर्मशालामा भएको खेलमा न्यूजिल्याण्डले अर्को दावेदार एवं कठिन प्रतिद्वन्द्वी अष्ट्रेलियाविरुद्ध ८ रनको रोमान्चक जित हासिल गरेको थियो । 
 
लगातार तीन खेल जितेको न्यूजिल्याण्डको ६ अंक भएको छ । २ अंक बटुलेको पाकिस्तान ५ राष्ट्र सम्मिलित समूहको दोस्रो स्थानमा छ । समूहको अन्तिम खेलमा न्यूजिल्याण्डले शनिबार कोलकातामा बंगलादेशसंग खेल्ने छ । विश्वकप टि– २० मा वुधबार (आज) अफगानिस्तान र इङ्गल्याण्ड तथा भारत र बंगलादेशबीच भिड्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ