arrow

दलितहरु आफै सशक्त नभएसम्म अधिकार प्राप्त गर्न सक्दैनन् : मुख्यमन्त्री राउत

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ जेठ २१ मंगलबार
raut.JPG

जनकपुरधाम २१जेष्ठ  ।  प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले अधिकार प्राप्तीका लागि दलितहरुलाई आफै सशक्त हुनु पर्ने बताएका छन् । मंगलबार जनकपुरधाममा  छुवाछुत मुक्त राष्ट्र नेपाल घोषणा दिवसको अवसर पारेर दलित सम्बद्ध संघ संस्थाहरुले आयोजना गरेको प्रदेश स्तरीय दलित अगुवा भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले दलितहरु आफै सशक्त नभए सम्म अधिकार प्राप्त गर्न नसक्ने बताएका हुन् ।

प्रदेश सरकार दलित मैत्री रहेको दावी गर्दै मुख्यमन्त्री राउतले  दलितहरुको , दलित सशक्तिकरण ऐन, छात्रवृति योजना, दलित छात्रावासको निर्माण जस्ता कार्यहरुलाई अघि बढाई सकेको तर्क राखे । सदनमा छलफलको क्रममा रहेको दलित सशक्तिकरण ऐन विश्वकै नमूना रहेको दावी गर्दै  मुख्यमन्त्री राउतले ऐन पारित भएपछि दलितहरुको स्वास्थ्य, शिक्षाको ग्यारेन्टी  प्रदेश सरकारले दिने बताए ।

अवको दिनमा दलितहरुले आफनो को र परायाको भने छुट्याउने बेला आइ सकेको जिकीर गर्दै मुख्यमन्त्री राउतले २०४७ सालको परिवर्तन पछि दलितहरुले के पायो भन्ने प्रश्न आफै संग गर्न आग्रह समेत गरे । कार्यक्रम दलित अगुवा उमेश विसुन्केको अध्यक्षतामा भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ