arrow

शिक्षाप्रेमी शशीधर बरालको निधन

logo
प्रकाशित २०७६ जेठ २१ मंगलबार
baral.jpg

इलाम । शिक्षा क्षेत्रमा लामो समय योगदान गरेका शशीधर बरालको निधन भएको छ । उनले इलामको मंगलबारे तथा अन्य बिभिन्न ठाउँहरुमा अध्यापन क्षेत्रमा लामो समय बिताएका छन् ।

मृगौला तथा अन्य बिभिन्न रोगबाट ग्रसित बराल लामो समय विर अस्पतालमा उपचार पछि इलाम घर फर्किने क्रममा मंगलबार बिहान ७३ बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । उनको अन्तेष्टी आजै मंगलबारे सुर्कैमा रहेको घाटमा भएको छ ।

मृतक बरालले भानुभक्त माध्यामिक बिद्यालय मंगलबारेमा लामो समय अध्यापन क्षेत्रमा संलग्न थिए । उनले पाँचथरको रानीटार, इलामको सोयाक तथा मंगलबारेको भानुभक्त समेतमा गरि अध्यापन क्षेत्रमा करिव ४० बर्ष बिताएको बताइन्छ ।  

मृतक वरालका दुई जना छोरा, चार जना छोरी र एक जना श्रीमती रहेका छन् । छोरा राजेन्द्र बराल मरब क्यापस इलामका सहप्राध्यापक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ