arrow

क्यान्सर निको बनाउने उपाय खोज्दै वैज्ञानिक, पत्ता लाग्यो आयु बढाउने औषधि

logo
प्रकाशित २०७६ जेठ २१ मंगलबार
cancer1.jpg

काठमाडौं । पछिल्लो समय स्तन क्यान्सरबाट पीडित हुनेको संख्या बढ्दो छ । यसको उपचारको पहिलो चरण शुरु भएको छ । एडभान्स स्टेजको स्तन क्यान्सरको विस्तार सुस्त गर्ने मामिलामा एक औषधि मानिसको आयु बढाउन सहयोगी पाइएको छ ।

सामान्यरुपमा क्यान्सर फैलिनबाट रोक्ने औषधिले आयु पनि बढाउन मद्दत गर्छ भन्ने छैन । धेरै पटक क्यान्सर दोस्रोपटक देखिने गरेको पनि पाइएको छ । त्यसपछि कुनै पनि औषधिले काम गर्दैन । यस्तो अवस्थलाई एडभान्स स्टेज भनिन्छ ।

अमेरिकाको फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशनले २०१७ मा राइबोसाइक्लिब नामक औषधिलाई मीनोपोजको उमेरपछि महिलामा प्रयोगको लागि अनुमति दिएको थियो । सन् २०१८ मा यसलाई युवा महिलाको लागि पनि प्रयोगको अनुमति दिइएको थियो । यो औषधिसँग जानकार डाक्टरका अनुसार पारम्पारिक उपचारको साथमा यो औषधिको प्रयोग गर्दा ७० प्रतिशत महिला साढे ३ वर्षसम्म जीवित रहन सक्छन् ।

पारम्पारिक उपचार गराउने ४६ प्रतिशत महिला मात्र यो समयसम्म बाँच्न सक्छन् । अधययनमा १८ देखि ५९ वर्षसम्मका ६ सय ७२ महिलालाई सामेल गरिएको थियो । उनीहरुमा ७२ प्रतिशत ४० वर्षभन्दा माथिका थिए । सबैलाई एडभान्स स्टेजको क्यान्सर थियो । यसको अर्थ उनीहरुलाई एकपटक उपचार गरिसकेपछि पनि क्यान्सर पुनः आएको थियो । एस्ट्रोजन हर्मोन धेरै महिलामा क्यान्सर कोशिकाको प्रसारमा सहायक पाइन्छ ।

यसकारण पारम्पारिक तरिकामा यस्ता औषधिको प्रयोग गरिन्छ, जसले एस्ट्रोजन हर्मोनलाई रोक्न सहयोग गर्छ । राइबोसाइक्लिब औषधि टार्गेटेड थेरोपीजस्तै हो । यो क्याम्सरको प्रसारमा सहयक बन्ने इन्जाइमलाई रोक्न सहयोगी हुन्छ । औषधि निर्माण गर्ने नोवार्टिसका अनुसार एक महीना यो औषधि प्रयोगका लागि १२ हजार ५ सय ५३ डलर तिर्नुपर्ने हुन्छ ।

वैज्ञानिकहरुले नतिजाबाट आशाका केही किरण देखिएको बताएका छन् । उनीहरुले एडभान्स स्टेजमा पुगेको क्यान्सरपछि बाँच्नसक्ने आयुको एक सीमा पार भएको उनीहरुले बताएका छन् । उनीहरुले अब आगामी दिनमा त्यसभन्दा माथि उठ्ने अनुमान रहेको बताएका छन् ।

विश्वभर स्तन क्यान्सर निकै तीव्र गतिमा बढिरहेको छ । अमेरिकामा यस वर्ष २ लाख ६८ हजार क्यान्सरको नयाँ घटना आउने र ४१ हजार ७ सय ६० को ज्यान जानसक्ने अनुमान छ । विश्वभर स्तन क्यान्सरको २१ लाख नयाँ घटना आउने गरेका छन् । गत वर्ष यसको कारण ६ लाख २७ हजार मानिसको ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ