arrow

सुरक्षाको माग गर्दै सरिता लामिछानेले गरिन् पत्रकार सम्मेलन

'म गैह्र कलाकार कसरी भए'

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
sarita1.jpg

काठमाडौँ ।  यहि आउदो जेष्ठ २५ गते शनिबार हुन लागेको चलचित्र कलाकारनिर्बाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी कलाकार सरिता लामिछानेले आफ्नो पिडा दुखेसो, एजेन्डा र गुनासो पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेकी छिन् । सरिताको पत्रकार सम्मेलनमा नायिकाहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित भएका थिए । तिनै जना नायिकाले महिला नेतृलाई साथ दिन आग्रह गरे भने सहि व्यक्तिलाई नेतृत्वमा ल्याउन समेत आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा सरिताले आफ्नो एजेन्डा भन्दा बढी आफूले उम्मेदवारी दिएपछि भोगेको पीडा प्रस्तुत गरिन् । २० बर्ष भन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेपनि आफूलाई गैह्र कलाकारको आरोप लगाइएको बिषयमा उनले मन दुखेको बताइन् । सरिताको प्रश्न थियो–‘नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि मैले धेरै किसिमका धाकधम्की र वेइजती सहिरहनु परेको छ । अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।’ गाडी नम्बर टिप्ने, घर अगाडी आएर घर देखाउने, घर न टिप्ने जस्ता कार्य भईरहेको उनले बताइन ।

उनले आफूलाई गैह्र कलाकार भन्नेहरुलाई नै प्रश्न सोध्दै भनिन्–‘तीन बर्ष महासचिव म के हैसियतले भएँ ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ, म ती मुद्दावालाहरुलाई सोध्न चाहन्छु ।’

उनले चुनावमा हार वा जीत हुने भन्दै आफ्नो प्रतिस्पर्धा गर्न पाउने अधिकार कसैले पनि खोस्न नपाउने बताइन् । यस्तै, आफ्नो एजेन्डा सार्वजनिक गर्दै सरिताले चलचित्र कलाकार संघको आफ्नै भवन निर्माण गर्ने बताइन् । उनले भनिन्–‘मलाई भोलीका दिनमा काम नै गर्न दिइएन भने म पत्रकारहरुको अगाडि नै आएर माफी माग्नेछु । तर, मैले काम गर्ने वातावरण पाएको खण्डमा चलचित्र संघको आफ्नै भवन हुनेछ ।’

यस्तै, उनले चलचित्र क्षेत्रमा नयाँ र पुराना कलाकारलाई मिलाएर एक ढिक्का बनाउने  बताइन् । सरिताले कलाकारहरुका लागि पेन्सनको पहल गर्ने समेत अन्य धेरै एजेन्डा अगाडि सारेकी छिन् । साथै सम्पूर्ण कलाकार पत्रकारहरुलाई यस अभियानमा साथ् दिन र सत्यलाइ उजागर गर्न समेत आग्रह गरेकी छिन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ