arrow

'एकै योजनामा ३० प्रतिशत कमिसन, गाउँमा सिंहदरबार होइन, भ्रष्टाचार पुग्यो'

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
humagain.jpg

डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले गाउँगाउँमा भ्रष्टाचार मौलाएको बताए । नेपाली कांग्रेसको जागरण अभियानका क्रममा डोटीका सबै स्थानीय तहहरुमा पुगेका केन्द्रीय सदस्य हुमागाँइले बुधबार नेपाल प्रेस युनियन डोटीले सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलमा यस्तो बताएका हुन् ।

प्रदेश सरकारले कार्यकर्ता मुखी योजनाहरु बाँडेको भेटियो केन्द्रीय सदस्य हुमागाँइले भने,‘आफु निकटका कार्यकर्ताहरुलाई प्रदेशबाट योजना हाल्ने ३० प्रतिशत कमिसन खाने जस्ता कार्यहरु भएका छन् । तसर्थ गाउँगाउँमा सिंहदरबार होइन भ्रष्टाचार पुगेको छ ।’ वर्तमान सरकार भ्रष्टचारको संस्थागत विकास तर्फ उन्मुख भइरहेको उनले आरोप लगाए ।

वर्तमान सरकार संविधानको मुल मर्मलाई कुल्चेर अगाडी वडीरहेकाले सवैले सजग हुनु पर्ने वेला आएको समेत केन्द्रीय सदस्य हुमागाईले बताए । वर्तमान सरकारले कार्यपालिका ,न्यायपालिका , व्यवास्थापिकालाई समेत आफ्नो नियन्त्रणमा लिएको समेत उनले आरोप लगाए ।  सरकार पक्षपाति,मनोमानि शासन संचालन गरी मुलुकलाई निरकुंसता हुदै कम्यूनिष्टले अधिनायक वाद तर्फ लगीरहेको उनले वताए । मिडिया काउन्सील विद्येयक पत्रकार माथिको ‘कु’ भएको वताउदै वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई अहिलेको सरकारले कु गर्न खोजेको वताए ।

वर्तमान सरकारले तिनवटै तहका सरकार संग सम्वनय गरेर अगाढी नवढे देशमा फेरी संकट उत्पन हुने उनले वताए । एक महिने जागरण अभियानका क्रमममा २३ वटा औपचारीक कार्यक्रममा डोटीमा ३ हजार भन्दा वढी मत जोडीएको समेत केन्द्रीय सदस्य हुमागाईले बताए । उक्त पत्रकार सम्मेलन नेपाल प्रेश युनियन डोटी शाखाका अध्यक्ष प्रकाश वमको अध्यक्षतामा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ